back
NMB ad

बैंक तथा वित्तीय संस्थाको पर्यटन क्षेत्रमा रहेको ४ खर्ब भन्दा बढी लगानी जोखिममा

खुम्चिएको अर्थतन्त्र चलायमान बनाउन व्यवसायीको माग

Kumari bank ad

काठमाडौं । पर्यटन क्षेत्रका छाता संगठनहरु तथा पर्यटन पेशाकर्मीहरुले भिजा–अन अराइभलको व्यवस्था पुनः लागू गर्न सरकारसंग माग गरेका छन् ।

कोभिड महामारीले गर्दा विगत डेढ वर्ष देखि बन्दाबन्दीमा खुम्चिएको हाम्रो समाज र अर्थतन्त्र सुरक्षाका उपायहरु अपनाउँदै र अंगाल्दै चलायमान बनाउन बेला भैसकेको भन्दै यस्तो माग गरेका हुन् ।

पूर्ण भ्याक्सिन लगाइसकेका र नेपाल आइपुग्दा ९६ घन्टा ननाघेको पीसीआर नेगेटिभ रिर्पोट लिएर आउने यात्रीलाई बिना क्वारेन्टाइन प्रवेश र सहज यात्राको वातावरण निर्माण जोडदार माग गरेका हुन् ।

कोरोना महामारीका कारण होटल, रिजोर्ट, ट्राभल, ट्रेकिंग, ¥याफ्टिंग, एअरलाइन्स, यातायात, हस्तकला तथा उपहार सामग्री, रेस्टुरेन्ट जस्ता पर्यटन क्षेत्रबाट प्रत्यक्ष रुपमा हुने अर्बोैंकोे आय गुमिरहेको उनीहरुको गुनासो छ ।

जारी विज्ञप्तिमा भनिएको छ,– ‘मावन जातीका लागि स्वास्थ्यको पाटो जति महत्वपूर्ण हो त्यतीकै महत्वपूर्ण सामाजीक र आर्थिक पाटो पनि हो । यस महमामारी र त्यसबाट सृजित बन्दाबन्दिले ठुलो मार पर्यटन उद्योगमानै परेको छ जुन एक ठाउँबाट अर्को ठाउँमा ट्राभल गर्दा गरिने गतिविधिहरुले सृजित हुने अर्थतन्त्र हो ।’

उनीहरुले नेपालको पर्यटनमा कार्यरत अधिकांश सेवा प्रदायक पर्यटनकर्मी र मुख्य गन्तव्यका स्थानिय समुदायले पनि पूर्ण मात्राको भ्याक्सिन लगाइसकेकाले यस सम्बन्धमा सकारात्मक सन्देश फैलाउन एउटा टाभल एडभाइजरी जारी गर्न माग गरेका हुन् ।

पर्यटन क्षेत्रका छाता संगठनहरु तथा पर्यटन पेशाकर्मीहरुका अनुसार सन् २०१९को तुलनामा २०२० मा आउने पर्यटक आगमन संख्यामा ८१ प्रतिशत ले गिरावट आएको छ । प्रत्यक्ष, अप्रत्यक्ष र यस्को प्रत्यक्ष सप्लाई चेन गरी पर्यटन क्षेत्रमा सृजित करीब १० लाख जनशक्तिको रोजगार संकटमा छ ।

४ खर्ब भन्दा बढीको बैंक तथा वित्तिय क्षेत्रको मात्रै लगानी रहेको पर्यटन क्षेत्र निकै जोखिममा छ । करीब २५ प्रतिशत भन्दा बढी पर्यटन व्यवासाय तथा उद्यमीहरु फेरी कहिल्यै पुनर्जिवित नहुने गरी बन्द भएका छन् र छिटै पुनरुत्थानका उपाय खोजिएन भने यो दर झनै बढ्ने उनीहरुको भनाई छ ।

व्यवसायीको लगानी डुब्नु भनेको राज्यको आयस्रोत पनि गुम्नु हो र राष्टिय उत्पादकत्व घट्नु हो ।

वि.सं.२०७८ भदौ २७ आइतवार १८:४४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...