back
NMB ad

१०२ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा, कतिले प्रयोग गर्छन फोरजी ?

Kumari bank ad

काठमाडौं । नेपालमा जनसंख्या भन्दा बढी मानिसले ब्रोडब्याण्ड इन्टरनेट सेवा लिएको एक तथ्याङकले देखाएको छ ।

प्राधिकरणका अनुसार हालसम्म १०२ प्रतिशत जनसंख्यामा ब्रोडव्याण्ड इन्टरनेट सेवाको पहँुच पुगेको छ । जसमा मोबाइल ब्रोडब्याण्ड ७६.०३ प्रतिशत, फिक्स ब्रोडब्याण्ड वायर २५.६६ प्रतिशत, फिक्स ब्रोडब्याण्ड वायरलेस ०.७० प्रतिशत रहेको छ ।

नेपाल दूरसंचार प्राधिकरणका अनुसार असारसम्ममा ३ करोड ९ लाख ५४ हजार १४५ जना नेपालीमा ब्रोडब्याण्ड सेवा पुगेको छ । तथ्याङक विभागले जनगणनाको तयारी गरिरहेको छ । अहिले नेपालको जनसंख्या करिब ३ करोड रहेको प्रारम्भिक अनुमान रहेको छ । यसको तथ्याङक एकिन हुन सकेको छैन । ३ करोडलाई आधार मन्ने हो भने पनि नेपालको जनसंख्या भन्दा बढी मानिसमा ब्रोडब्याण्ड सेवा पुगेको देखिएको छ ।

प्राधिकरणका अनुसार जेठमा २ करोड ७७ लाख ६ हजार ७ सय ११ जनाले ब्रोडब्याण्ड सेवा लिएका थिए भने असारमा बढेर ३ करोड ९ लाख ५४ हजार १४५ जना पुगेका छन् । जेठमा नेपाल टेलिकमको १ करोड ३८ लाख ६८ हजार ३५८, एनसेलको ७२ लाख ६७ हजार ३२० जना र स्मार्ट टेलिकमको १ लाख ५१ हजार ७१५ जना ग्राहकले इन्टरनेटको प्रयोग गरिरहेका छन् ।

असारमा भने नेपाल टेलिकमको १ करोड ६७ लाख २९ हजार २२९, एनसेलको ७५ लाख ५ हजार ५९४ जना र स्मार्ट टेलिकमको १ लाख ६६ हजार ७४६ जनाले इन्टरनेट प्रयोग गरिरहेका छन् ।

प्राधिकरणका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म ९९ लाख ५४ हजार ११९ जनाले फोरजी प्रयोग गरिरहेका छन् । नेपालमा तीन वटा कम्पनीले फोरजी सेवा दिइरहेका छन् । जसमा सबैभन्दा बढी एनसेलका ग्राहक रहेका छन् । सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकम दोस्रो स्थानमा रहेको छ र भने स्मार्ट टेलिकम तेस्रो स्थानमा रहेको छ ।

प्राधिकरणका अनुसार ५० लाख ४२ हजार ९९८ जना ग्राहकले एनसेलको फोरजी प्रयोग गरिरहेका छन् । नेपाल टेलिकमको फोरजी प्रयोग गर्ने ग्राहक ४७ लाख ४४ हजार ३७५ जना रहेका छन् भने स्मार्ट टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या १ लाख ६६ हजार ७४६ जना पुगेका छन् ।

प्राधिकरणका अनुसार असार मसान्तसम्ममा १ करोड २८ लाख ९४ हजार ३३५ जनाको पहुँचमा थ्रिजी इन्टरनेट सेवा पुगेको छ । जसमा सबैभन्दा बढी हिस्सा नेपाल टेलिकमको रहेको छ । टेलिकमको १ करोड ४ लाख ३१ हजार ७३९ र एनसेलको २४ लाख ६२ हजार ५९६ जना प्रयोगकर्ता रहेका छन् ।

वि.सं.२०७८ भदौ २८ सोमवार १३:०२ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...