back
NMB ad

काठमाडौंका यी १२ स्थानमा जग्गा खरिद गर्दै सांग्रिला डेभलपमेन्ट बैंक

Kumari bank ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले काठमाडौंका विभिन्न व्यवसायिक क्षेत्रमा जग्गाको खोजेको छ ।

एक सूचना निकाल्दै बैंकको प्रयोजनका लािग व्यवासायिक क्षेत्रमा कम्तिमा २–३ रोपनी सम्मको जग्गा खरिद गर्न आवश्यक रहेको जनाएको छ ।

बैंकले बालुवाटर, भाटपटेन, गैह्रिधारा, नक्साल, टंगाल, पुतलीसडक, कमलादी, जयनेपाल, दरबारमार्ग, पानीपोखरी, लाजिम्पाट र महाराजगंजमा जग्गा खरिद गर्न लागेको हो ।

उक्त स्थानहरुमा जग्गा बिक्री गर्न इच्छुक व्यक्ति तथा संघ/संस्थाहरुले आजैका मितिले १५ दिन भित्र आवश्यक कागजात सहित गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन् ।

जसका लागि जग्गासंग सम्बन्धित व्यक्ति वा आधिकारिक व्यक्तिको बिक्री सम्बन्धी लिखित प्रस्ताव सहितको निवेदन, आफूले कबुल गरेको जग्गाको मूल्य उक्त सूचनाको अवधि सकिएको ३ महिनासम्म कायम रहने प्रतिवद्धतापत्र सहित पेश गर्नुपर्नेछ ।

जग्गााको हालसालै तिरो/कर तिरेको रसिद तथा खिचेको फोटो, ब्लु प्रिन्ट, ट्रेस नक्सा, प्रमाणित चार किल्ला र लोकेशन म्याप, एक वा एक भन्दा बढी जग्गाधनीहरुले संयुक्त रुपमा पनि प्रस्ताव गर्ने सक्नेछन् ।

साथै सडक विस्तार योजना अन्तर्गत नपरेको , परेको खण्डमा सडक विस्तारमा पर्ने क्षेत्रफल कट्टी गरि बाँकी रहने क्षेत्रफलको सुनिश्चिता पत्र, जग्गा कुनै पनि किसिमको कानूनी किचलो नभएको हुनुपर्नेछ ।

वि.सं.२०७८ भदौ २९ मंगलवार १३:०० मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...