back
NMB ad

संकटमा रहेको पर्यटन क्षेत्र चाँडै नै लयमा फर्कन्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीका कारण संकटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको जरुरी रहेको बताउनुभएको छ ।

मंगलबार सिद्धार्थ उद्योग वाणिज्य संघको कार्ययोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताउनुभएको हो ।

उहाँले कोभिड महामारीबाट पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो संकट परेको र यसलाई समाधान गर्न सबै पक्षको सहकार्य जरुरी हुने बताउनुभयो ।

पर्यटन क्षेत्र चाँडै नै लयमा फर्कने र यसका लागि पूर्वतयारी स्वरुप गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्ने धारणा राख्नुभएको छ ।

“हामीले नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट गौतम बुद्ध विमानस्थल चाँडोभन्दा चाँडो सञ्चालनमा आउनुपर्छ भनेर सरकारसमक्ष आग्रह गरिरहेका छौं,” ढकालले भन्नुभयो, “पर्यटन क्षेत्र अहिले सुस्त छ भनेर हात बाँधेर बस्नु हुँदैन, विमानस्थल सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा गरिनुपर्छ ।”

कार्यक्रममा ढकालले लुम्बिनी पर्यटनको अथाह सम्भावना भएको क्षेत्र रहेको र लुम्बिनी क्षेत्रका व्यवसायीले मुलुकका अन्य क्षेत्रमा रचनात्मक कार्यक्रम आयोजना गर्न सकेमा लुम्बिनी पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा राख्नुभएको छ ।

ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले आफूहरुले हालैमात्र ग्लोबल आईएमई बैंकका कर्मचारीलाई सुविधा स्वरुप उपलब्ध गराउँदै आएको वार्षिक १५ दिनको बिदा मध्ये सात दिन अनिवार्य रुपमा नेपाल भित्रै घुम्नुपर्ने व्यवस्था गरेको स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो, “ग्लोबल आइएमई बैंकमा लगभग ३५ सय कर्मचारी छन्, ति कर्मचारीको परिवारले सात दिनमात्र पनि आन्तरिक गन्तव्यमा घुम्दा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने देखेर नै यस्तो व्यवस्था गरेका हौं, यो व्यवस्थाले लुम्बिनीसहित पोखरा, चितवन लगायतका क्षेत्रको पर्यटनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छौं ।”

सरकारले ल्याएको बिदा पर्यटनसम्बन्धी कार्यक्रम कार्यान्वयन हुन नसकीरहेका बेला आफूहरुको सानो प्रयासले दूरगामी महत्व राख्ने ढकालको विश्वास छ ।

ढकालले निजी क्षेत्रलाई रोजगारी सिर्जना गर्ने, लगानी गर्ने क्षेत्रका रुपमा सम्मान दिनका लागि निजी क्षेत्रको एकतावद्ध आवाज बनाउनुपर्नेमा जोड दिनुभयो ।

बजेट, मौद्रिक नीति तथा कर सम्बन्धी नीतिमा हाल निजी क्षेत्रको सुझाव समेटिन सुरु भएको स्मरण गर्दै यसमा अझै अपुग रहेको उहाँको भनाइ छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ महासंघको संस्थापक र सबैभन्दा पुरानो सदस्य समेत भएकाले यसको सुझावले महासंघलाई नै मार्गनिर्देश गर्ने उहाँले बताउनुभयो ।

वि.सं.२०७८ भदौ २९ मंगलवार १३:३२ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:४५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३७

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन...

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३०

धरान (सुनसरी), २५ वैशाखः ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण...

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:२२

काठमाडौँ, २५ वैशाखः यही वैशाख २८ गते प्रारम्भ हुने बजेट...

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:१५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश रद्द गरेको...