काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य ४ सय रुपैयाँ भन्दा तल झरेको छ ।
मंगलबार शून्य दशमलव ४५ प्रतिशतले घटेसंगै निफ्राको सेयर मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ भन्दा तल झरेको हो ।
साताको तेस्रो कारोबार दिन निफ्राको प्रतिकित्ता १ रुपैयाँ ८० पैसाले घटेको छ । योसंगै आज निफ्राको सेयर मूल्य ३९९ रुपैयाँ ७० पैसा कायम भएको छ ।
उक्त दिन निफ्राको ८ करोड ७५ लाख २१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको २ लाख १८ हजार ४३९ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ भदौ २९ मंगलवार १६:१० मा प्रकाशित