back
NMB ad

नेपाली बजार तताउँदै किया कारहरु, कुनको कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । नेपालमा विगत करिब तीन दशकदेखि कियाले आफ्नो उत्पादनहरु उपलब्ध गराउँदै आएको छ । नेपालमा अहिले कियाको विभिन्न ४ मोडेलका (डिजेल/पेट्रोल) कारहरु उपलब्ध छन् ।

विगतमा पिकान्टो, रियो, सोउल, सोरेन्टो र नीरो जस्ता मोडेलहरु उपलब्ध रहेता पनि अहिले सेल्टोस, स्पोर्टेज, कार्निवल र सोनेट बिक्री हुँदै आएको छ ।

नेपालमा पछिल्लो समय स्पोर्टेज र एक प्रिमियम कम्प्लायक्ट एसयूभी बजारमा निकै लोकप्रिय बनेको छ । नेपालमा कियाको सेल्टोस र किया सोनेटको आगमनसंगै बजार छुट्टै किसिमले तातेको छ । यसअघि कियाको दुई मोडेलमा विद्युतीय कार पनि उलपब्ध थियो ।

कियाको कारहरु नेपालमा न्युनतम ३५ लाख रुपैयाँदेखि १ करोड २० लाख रुपैयाँसम्मको मूल्यमा उलपब्ध रहेका छन् । कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल टेड्रिङ इन्टरप्राइजेज प्रालि रहेको छ । नेपाली बजारमा किया मोटर्सको लामो अनुभव रहेको छ ।

कन्टिनेन्टल टेड्रिङ मार्फत कियाले नेपालमा आफ्नो उच्च प्रदर्शन र गुणस्तरीय सेवाहरु प्रदानको कारण राम्रो प्रतिष्ठा कमाउन सफल भएको छ ।

कम्पनीले सर्वसुलभ तरिकाले ग्राहकहरुलाई स्पेयरपार्टहरु उपलब्ध गराउँदै आएको र स्पेयरपार्टमा कुनै समस्या नभएको र यसको कारण सेवाग्राहीले समस्या भोग्न नपरेको कन्टिनेन्टल टेड्रिङले जनाएको छ ।

नेपाली बजारमा किया सोनेट चार मोडेलहरु ३५ लाख ९० हजार रुपैयाँदेखि ५७ लाख ९० हजार रुपैयाँसम्म पर्दछ । किया सोनेट एचटीई (१.२ लिटर पेट्रोल)को ३५ लाख ९० रुपैयाँ, एचटीके प्लस(१.५ लिटर डिजेल)को ४९ लाख ९० हजार, एचटीएक्स (१.५ लिटर डिजेल)को ४७ लाख ९० हजार र जीटीएक्स प्लसको भने ५७ लाख ९० हजार रुपैयाँ पर्दछ ।

यस्तै, कियाको सोल्टोस कार ६ मोडेल नेपालमा उपलब्ध रहेका छन् । जुन, न्युनतम ५३ लाख ९० हजार रुपैयाँदेखि ७६ लाख बढीसम्म पर्दछ ।

सोल्टोस एचटीके ल्पस जीएसएल (१.५ लिटर पेट्रोल)को ५३ लाख ४० हजार रुपैयाँ, एचटीके ल्पस डीएसएल(१.५ डिजेल)को ५७ लाख ९० हजार, एचटीएक्स प्लस डीएसएल( १.५ लिटर डिजेल) ६६ लाख ९० हजार, एचटीएक्स जीएसल(१.५लिटर पेट्रोल) को ६० लाख ९० हजार, एचटीएक्स जीएसएल(१.५लिटर पेट्रोल) ६३ लाख ९० हजार र जीटीएक्स ल्पस एटी डीएसएल(१.५ लिटर डिजेल)को ७६ लाख ९० हजार रुपैयाँ मूल्य पर्दछ ।

त्यसैगरि किया स्पोर्टेज कारहरु पनि ४ मोडेलमा बिक्री वितरण हुँदै आएको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले जनाएको छ । कम्पनीका अनुसार किया स्पोर्टेज कार सबैभन्दा बढी मूल्य पर्ने डीएसएल ४ डब्लू एटी/टी जीटी–लाइन (२.० लिटर डिजेल)को १ करोड १० लाख ९ हजार रुपैयाँ तोकिएको छ ।

किया स्पोर्टेज ६ स्पीड २डब्ल्यूडी म्यानुअल जीएसएल(२.० लिटर पेट्रोल)को ७१ लाख ९० हजार, २डब्ल्यू जीएसएल एटीको ७७ लाख ९० हजार र स्पोर्टेज डीएसएल एमटी ४डब्ल्यूको ८६ लाख ९० हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

नेपाली बजारमा किया ग्राण्ड कार्निवेल इएक्स (२.२ लिटर डिजेल)को मूल्य भने ८१ लाख ९० हजार रुपैयाँ पर्दछ ।

वि.सं.२०७८ भदौ ३१ बिहीवार १४:४० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...