back
NMB ad

यी हुन् अर्थमन्त्री शर्माले रोकेको देशभरका १४१० सडक आयोजना, कुन जिल्लामा कति रकमको सडक रोकियो ?

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले बजेटमा राखेका १४१० वटा सडक आयोजना रोक्ने निर्णय गर्नु भएको छ ।

उहाँले प्रतिस्थापन विधेयक ल्याएर देशभरका १४१० वटा सडक निर्माणको काम रोक्नु भएको हो ।मन्त्री शर्माले ल्याएको प्रतिस्थापन विधेयकबाट निवर्तमान अर्थमन्त्री बिष्णु पौडेलले ल्याएको अध्यादेशको बजेटमा भएको सडक रोक्नु भएको हो ।

अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमा ‘आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्व तयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने प्रकृतिका करिब १४ सय सडक आयोजना आवश्यकता र औचित्यको आधारमा खारेजी वा प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने गरी हाल त्यस्ता आयोजनाको कार्यान्वयन स्थगित गरिएको छ’ भन्ने उल्लेख गर्नु भएको छ ।

अघिल्लो सरकारका अर्थमन्त्री पौडेलले उक्त सडक आयोजनाका लागि ३ अर्ब ४९ करोड ७० लाख रुपैयाँ बजेट छुट्याउनु भएको थियो । यस्तै तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत ६१७ सडक आयोजनाको लागि लागि १ अर्ब ५४ करोड ९६ लाख रुपैयाँ बजेट छुट्याउनु भएको थियो । उक्त सडक बर्तमान सरकारले रोकेको छ ।

यी हुन् अर्थमन्त्री शर्माले रोकेको देशभरका १४१० सडक आयोजना

वि.सं.२०७८ असोज १ शुक्रवार १४:४२ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...