back
NMB ad

एक महिनामा ५० ओटा योजना सम्पन्न गर्छु : मन्त्री शाक्य

Kumari bank ad

काठमाडौँ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री डा. अजयक्रान्ति शाक्यले आफ्नो मन्त्रालय अन्तर्गतका एक वर्षमा सम्पन्न गर्नुपर्ने ५० ओटा योजना एक महिना भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताउनुभएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत एक वर्षमा सम्पन्न गर्नुपर्ने पचास ओटा योजना रहेछन्,’ मन्त्री शाक्यले भन्नुभयो, ‘ती कार्यक्रम एक महिना भित्र सम्पन्न गर्ने लक्ष्यका साथ अहिले म दैनिक १२ घण्टा मन्त्रालयमा बसेर काम गरिरहेको छु ।’

उहाँले त्यसका लागि सबैको साथ–सहयोगको अपेक्षा गरेको गरेको पनि बताउनुभयो । ‘अष्टलक्ष्मी शाक्यज्युको नेतृत्वको यो सरकारले निरन्तरता पायो भने एक महिनामा यी सबै योजनाको टुंगो लगाएर अरु थप ५० ओटा योजनासहित त्यसका लागि बजेट बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ शाक्यले भन्नुभयो, ‘वर्तमान सरकारले निरन्तरता पाएन भने आउने मन्त्रीका लागि यो आर्थिक वर्षका लागि गर्नुपर्ने काम बाँकी रहने छैनन् । उहाँहरु मन्त्रीको कुर्सीमा बसे मात्रै हुन्छ ।’

मन्त्री शाक्यले आन्तरिक मामिला मन्त्रीको हैसियतमा आफूले जिम्मेवारी सम्हाल्ने वित्तिकै प्रदेशको शान्ति–सुरक्षाका सन्दर्भमा विशेष चासो राख्दै कार्यक्रमहरु अघि बढाएको पनि जानकारी दिनुभयो । ‘मन्त्री पदको सपथ लिएको केही दिनमै मैले सुरक्षासमितिको बैठक राखेर बागमती प्रदेशको शान्ति–सुरक्षालाई चुस्त–दुरुस्त राख्न आवश्यक निर्देशन दिइसकेको छु,’ उहाँले भन्नुभयो, ‘जति सक्दो छिटो नेपाल प्रहरीलाई आवश्यक स्रोत–साधनको व्यवस्था गरेर उहाँहरुको मनोवल उच्च बनाउने कार्यको पनि मैले थालनी गरेको छु ।’

मन्त्री शाक्यले बागमती प्रदेशका १३ जिल्ला मध्ये १० ओटा जिल्ला मात्रै बागमती प्रहरी प्रदेशको मातहतमा रहेको भन्दै बागमतीका तीन जिल्ला पनि प्रदेश मातहतमै राख्न केन्द्र सरकारसँग आग्रह गर्नुभयो । ‘म बागमती प्रदेशको आन्तरिक मामिला मन्त्री भए पनि उपत्यकाका तीन जिल्ला ललितपुर, भक्तपुर र काठमाडौँको प्रहरी मेरो मन्त्रालयको मातहतमा छ्रैनन्,’ उहाँले भन्नुभयो,’ ‘सरकारको ऐनमा भएको व्यवस्थालाई अध्यादेशमार्फत ल्याएको यो बाध्यात्मक व्यवस्थाले केही जटिलता पैदा भएको छ । त्यसलाई सहजीकरण गर्दै बागमती प्रदेशका यी तीन जिल्लाको प्रहरी पनि बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मातहतमा रहने व्यवस्था केन्द्र सरकारले छिटो गरोस् भन्ने आग्रह गर्न चाहन्छु ।’

त्यसो हुन सके बागमती प्रदेशको शान्ति, सुरक्षालाई अझ चुस्त–दुरुस्त बनाएर लैजान सकिनेमा आफू ढुक्क रहेको उहाँले बताउनुभयो । उहाँले बागमती प्रदेशका १ सय २ ओटा कानुन निर्माण भैसकेको जानकारी दिनुभयो । ‘करीब ३७ ओटा ऐन बनाउन बाँकी छ,’ उहाँले भन्नुभयो, ‘ त्योसँगै केही कानुन र ऐन पनि बनाउन बाँकी छ । त्यो काममा मेरो ध्यान जाने छ ।’

कार्यक्रममा काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्द शाक्यले मन्त्री पनि शाक्य बागमती प्रदेशको मन्त्री बन्नु वडा–२१ बासीको मात्रै गौरव नभई बागमती प्रदेशका जनताले बौद्धिक व्यक्तित्व प्राप्त गरेको बताउनुभयो । ‘उहाँ बौद्धिक व्यक्ति हो,’ मेयर शाक्यले भन्नुभयो, ‘तपाईको क्षमता यहाँ प्रस्तुत गर्नुहोला ।’

वि.सं.२०७८ असोज ३ आइतवार १५:१३ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...