back
NMB ad

एनआरएनएको अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा, के–के छन् मुख्य एजेन्डा ?

Kumari bank ad

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ एनआरएनए आइसिसीको आसन्न निर्वाचनमा अध्यक्षको रूपमा वर्तमान कार्यसमिति उपाध्यक्ष समेत रहेकी रविना थापाले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

उहाँसँगै उपाध्यक्षमा बेलायतका जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले समेत उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । थापा एनआरएनएमा अध्यक्षमा उम्मेदवारी दिने दोस्रो महिला हुनुहुन्छ ।

उहाँले उमेद्धवारीको घोषणाका क्रममा गैर आवासीय नागरिकता, श्रमिक अधिकार, लगानी र युवा तथा महिलाको सशक्तीकरणलाई मुख्य चुनावी एजेन्डा बनाउनु भएको छ । ‘एनआरएनएमा रहेको अर्को महत्त्वपूर्ण एजेन्डा भनेको नागरिकता हो’ उहाँले भन्नुभयो ‘अहिले नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेन्डालाई प्रमुखताका साथ उठाएको छु ।’

उहाँले विदेशबाट मताधिकार र दोहोरो करका विषयलाई समेत प्रमुखताका साथ उठाउने बताउनुभयो । सर्वोच्च अदालतले विदेशमा बसेका नेपालीलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारका नाममा आदेश दिएको र त्यसलाई पुर्णरुपमा कार्यान्वयनमा ल्याउन दबाब दिने थापाले बताउनुभयो । ‘लाखौँ नेपाली विदेशमा काम गरेर देशमा रेमिटेन्स पठाइरहेका छन् । उनीहरूलाई त मतदानको अधिकारबाट वञ्चित गर्नु हुँदैन भन्ने हो’ उहाँले भन्नुभयो ‘दोहोरो करका सम्बन्धमा पनि गैरआवासिय नेपालीले करमा छुट पाउनु पर्छ ।’

अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी थापाले वर्तमान कार्यसमितिमा एनआरएनएका सबै सदस्यले नेतृत्व चुन्न पाउनु पर्ने माग गरे पनि अल्पमतमा पारिएको बताउनुभयो । ‘सङ्घमा अहिले १ लाख ५ हजार सदस्य छन्, उनीहरू सबैले नेतृत्व चयनमा मतदान गर्न पाउनु पर्ने व्यवस्था गर्न माग गरे,’थापाले भन्नुभयो ‘अब निर्वाचित हुने मेरो नेतृत्वले सबैलाई मतदानको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँछु ।’

विदेशमा रहेका दोस्रो पुस्तालाई नेपालको कला संस्कुती, धर्म, आर्थिक क्रियाकलाप, प्रविधि, लगानी, ज्ञानलाई नेपालसँग निरन्तर जोडी रहन नागरिकताको विषयमा सबै गैरआवासिय नेपालीले आवाज उठाउनु पर्ने थापा समूहको भनाई छ ।

नेपालमा लगानी गर्ने विषय सबै गैरआवासिय नेपाली साझा नारा भएको भन्दै विदेशका साना साना लगानीलाई ल्याएर समूहमा लगानी गर्ने योजना रहेको बताउनुभयो । ‘थोरै थोरै पैसा सङ्कलन गरेर यहाँ ठुलो क्षेत्रमा लगानी गर्ने सम्भावना धेरै रहन्छ’ अध्यक्षकी उम्मेदवार थापाले भन्नुभयो ‘जसरी भए पनि हामीले साना साना व्यवसायलाई सहयोग गर्ने भन्ने योजना सहित पुँजी सङ्कलन गर्ने योजना रहेको छ ।’

विदेशमा हासिल गरेका सीपलाई व्यावसायिकीकरण गर्ने योजना थापाको रहेको छ । विदेशबाट एक जना नेपालीले सिकेर आएको सिपलाई यहाँ आएर अन्यलाई तालिम दिएर धेरै जनालाई सिपयुक्त बनाउन सकिने उहाँको भनाई छ ।

वि.सं.२०७८ असोज ८ शुक्रवार १०:२० मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...