back
NMB ad

सूचीकृत कम्पनीको नविकरण शुल्क असोज मसान्तसम्म बुझाउनु पर्ने, कुनको कति लाग्छ ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले असोज मसान्तसम्म वार्षिक नविकरण शुल्क बुझाउनका लागि अनुरोध गरेको छ ।

नेप्सेमा सूचीकृत कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ को धितोपत्रको वार्षिक नविकरण शुल्क बुझाउनका लागि अनुरोध गरेको हो ।

सूचीकृत कम्पनीहरुले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख)मा भएको व्यवस्था बमोजिम नविकरण शुल्क बुझाउन भनेको हो ।

चुक्तापुँजी ५० करोडसम्मका धितोपत्रको वार्षिक शुल्क ५० हजार, ५० करोडभन्दा माथि चुक्तापुँजीका धितोपत्रको वार्षिक एक लाख रुपैयाँ नविकरण शुल्क लाग्ने नेप्सेले जनाएको छ ।

यस्तै, डिवेन्चर/म्युचुअल फण्ड(सामूहिक लगानी कोषको) वार्षिक नवीकरण शुल्क भने ५० करोडसम्म वार्षिक २५ हजार र ५० करोड भन्दाको ५० हजार रुपैयाँ शुल्क लाग्ने छ ।

नविकरण रकम भने नेप्सेको ग्लोबल आइएमई बैंकमा रहेको खाता नम्बर ७५०१०१००००७७५ मा जम्मा गरि बैंक भौचर [email protected] मा पठाउनुपर्ने छ ।

तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा नविकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्ने सकिने नेप्सेले जनाएको छ ।

वि.सं.२०७८ असोज ८ शुक्रवार १२:२७ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...