back
NMB ad

किन कारोबार भएन आज मानुषी लघुवित्तको सेयर ? यस्तो छ कारण

Kumari bank ad

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको सोमबार कारोबार हुन सकेन ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा स्पेशल प्रि–ओपन सेसन कारोबारमा म्याच नभएपछि कारोबार हुन नसकेको हो ।

नेप्सेका अनुसार भोलि अर्थात मंगलबार फेरि स्पेशल प्रि–ओपन सेसनमा कम्पनीको कारोबार खुल्नेछ । भोलिको प्रि– ओपन सेसनमा कारोबारमा म्याच भएपछि मात्रै नियमित कारोबार हुनेछ ।

स्पेशल प्रि-ओपन सेसन कारोबारमा म्याच भएपछि मात्र रेगुलर कारोबार खुल्ने प्रावधान छ । कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता सेयर आइतबार नेप्सेमा सूचीकृत भएको छ ।

संस्थाको आइपीओले प्रतिकित्ता १३२ रुपैयाँ ६९ पैसादेखि ३९८ रुपैयाँ ०७ पैसासम्म ओपनिङ रेञ्ज पाएको छ । यही भित्र रहेर पहिलो कारोबार हुनेछ ।

संस्थाले साउन २७ देखि प्रतिकित्ता १०० रुपैयाँका दरले ३ करोड ९३ लाख ७५ हजार रूपैयाँको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर निष्कासन गरेको थियो ।

जसमा ५ हजार ४६९ कित्ता कर्मचारी र १९ हजार ६८८ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणलाई छुट्याइएको थियो ।

आईपीओमा २३ लाख ६१ हजार ८ सय २७ जनाको आवेदन परेकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएर २३ लाख ५४ हजार ७ सय ८४ जना मात्रै योग्य ठहरिएका थिए ।

जसबाट ३६ हजार ८ सय ५९ जनाले १० कित्ता सेयर पाएका थिए । जसबाट ३ जनाले थप १ कित्तासहित ११ कित्ता सेयर पाएका थिए ।

वि.सं.२०७८ असोज ११ सोमवार १२:१४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...