काठमाडौं । नेपाली बजारमा टाटाको एनआरजी सार्वजनिक भएको छ ।
टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ‘नयाँ फरएभर रेञ्ज’ अन्तर्गतको एनआरजी सार्वजनिक गरेको हो ।
यो गाडीमा पुस स्टार्ट बटन, रिअर पार्किङ्ग क्यामेरा र अटो फोल्ड ओआरभिएमजस्ता नयाँ विशेषता रहेको छ । यो १२०० सिसीको इन्जिन क्षमतासहित म्यानुअल र एटीएम दुवै ट्रान्समिसनमा उपलब्ध छ ।
बलियो बनाट भएकाले एनआरजीमा कच्ची सडकहरूमा सुरक्षित र सहज तरिकाले यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले नयाँ एनआरजीको सुरुवाती मूल्य ३३ लाख ९५ हजार रुपैयाँ निर्धारण गरेको छ । उत्कृष्ट कार्यक्षमता र आकर्षक डिजाइन सहितको यो गाडी विभिन्न चार रंगमा उपलब्ध हुनेछ ।
यो फरेस्ट ग्रीन (हरियो), फायर रेड (रातो), स्नो ह्वाइट (सेतो) र क्लाउडी ग्रे रंगमा उलपब्ध रहेको छ ।
वि.सं.२०७८ असोज १३ बुधवार १४:४३ मा प्रकाशित