काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । पहिलो कारोबार दिन कम्पनीको सेयर मूल्य ८.१२ प्रतिशतले वृद्धि भएको हो ।
आज प्रतिकित्ता २० रुपैयाँ २० पैसाले वृद्धि भई कम्पनीको सेयर मूल्य २ सय ६९ रुपैयाँ कायम भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ ।
पहिलो कारोबार दिन कम्पनीको १२ हजार ९९३ रुपैयाँ बराबरको सेयर खरिदिबिक्री भएको छ । नेप्सेका अनुसार आज कम्पनीको ५० कित्ता सेयर किनबेच भएको छ ।
वि.सं.२०७८ असोज १३ बुधवार १५:२७ मा प्रकाशित