back
NMB ad

साताको सेयर बजारः १५२ अंकको गिरावट, कुन उपसूचकमा कस्तो असर ?

Kumari bank ad

काठमाडौं । एक साताको अवधिमा सेयर बजार १५२.७५ अंकले घटेको छ ।

साताको पहिलो दिन आइतबार २७८६.१७ अंक रहेकोमा बिहीबारसम्म आईपुग्दा २६३३.४२ अंकमा रहेको छ । बिहीबार मात्रै बजार ३२.५१ अंकले घटेको थियो ।

आइतबार २७८६.१७ अंक मा रहेको बजार सोमबार घटेर २७०३.३१ बिन्दुमा रोकिएको थियो । त्यस्तै मंगलबार पुन घटेर २६४१.६३ बिन्दुमा रहेको थियो भने बुधबार २६२४.५८ मा रहेको परिसूचक बिहीबार ३२.५१ अंकले घटेर २६३३.४२ बिन्दुमा रहेको छ । यो साता समग्र इन्डेक्स मात्रै नभइर सब इन्डेक्सहरुमा पनि गिरावट देखिएको छ ।

यो सातामा बैंकिङ समूहको उपसूचक ९३.९९ अंकले घटेको छ । साताको पहिलो दिन आइतबार १९६३.९३ बिन्दुमा रहेको उपसूचक बिहीबारसम्म आईपुग्दा ९३.९९ अंकले घटेर १८६९.४० बिन्दु रोकिएको छ ।

बैंकिङ मात्रै नभएर विकास बैंकको उपसूचक पनि ४३३.६९ अंकले घटेर ४७४०.७३ बिन्दुमा रोकिएको छ । साताको पहिलो दिन विकास बैंक समूहको उपसूचक ५१७४.४२ बिन्दुमा रहेको थियो ।
यस्तै जलविद्युत समूहको उपसूचक २३०.८४ अंकले घटेर २८१८.६४ बिन्दुमा रोकिएको छ । आइतबार ३०४९.४८ बिन्दुमा रहेको थियो । माइक्रोफाइनान्स समूहको उपसूचक पनि २४३.५२ अंकले घटेर ४९६२.५७ बिन्दुमा रोकिएको छ । आइतबार ५२०६.०९ बिन्दुमा रहेको थियो ।

जीवन बीमा समूहको उपसूचक पनि ८०२.८९ अंकले घटेको छ । साताको पहिलो दिन आइतबार जीवन बीमा समूहको उपसूचक ८०२.८९ अंकले घटेको छ । साताको पहिलो दिन आइतबार १५ हजार ३७०.१८ बिन्दुमा रहेको उपसूचक बिहीबारसम्म आईपुग्दा १४ हजार ५६७.२९ बिन्दुमा रोकिएको छ ।

अन्य समूहको उपसूचक जस्तै निर्जीबन बीमा समूहको उपसूचकमा पनि गिरावट देखिएको छ । सातको पहिलो दिन आइतबार १२ हजार २८४.०१ बिन्दुमा रहेको उपसूचक बिहीबारसम्म ७४८.७५ अंकले घटेर ११ हजार ५३५.२६ बिन्दुमा रोकिएको छ ।

फाइनान्सको पनि आइतबार २५५९.८५ बिन्दुमा रहेको उपसूचक बिहीबारसम्म आईपुग्दा ३१६.५६ अंकले घटेर २२४३.२९ बिन्दुमा रोकिएको छ । यो साता यी मात्रै नभएर सबै उपसूचकमा नै गिरावट देखिएको छ । पछिल्लो समयमा बजारमा देखिएको अस्वभाविक उतार चढावको असर सबै समूहको उपसूचकमा देखिएको छ ।

वि.सं.२०७८ असोज १५ शुक्रवार १७:५२ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...