back
NMB ad

केएल टावरको ‘टिभिएस रमाइलो दशैँ तिहार योजना’ हरेक हप्ता उपहारै उपहार

Kumari bank ad

केएल टावरको ‘टिभिएस रमाइलो दशैँ तिहार योजना हरेक हप्ता उपहारै उपहार

काठमाडौं । केएल टावरले दशैं तिहारका लागि उपहारै उपहारसहितको ‘रमाइलो दशैं तिहार’ हरेक हप्ता उपहारै उपहार योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन् ।

केएल टावरका अनुसार दैनिक उपहार योजना अन्तरगत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, एक हजार रुपैयाँ बराबरको शपिङ भौचरका साथै अन्य आकर्षक उपहारहरु उपलब्ध गराइने छ ।

एक हजार रुपैयाँ वा सो भन्दा माथिको सामान खरिद गर्दा साप्ताहिक रुपमा सिजी ब्राण्डका होम अप्लाइन्सेज, टिभि, फ्रिज, रेफ्रिजिरेटर, वासिङ मेशिन, आईरन, हिटर, भ्याकुम क्लिनर लगायतका घरायसी सामग्री उपलब्ध गराइने टावर व्यवस्थापनले जनाएको छ ।

बम्पर प्राइजमा एक जनालाई टिभिएस अपाचे आरटिआर १६० २ भि वितरण गरिने उपहार योजनाका संयोजक हिरामणी तिमिल्सिनाले बताउनुभयो । चाडपर्वका बेला उपभोक्तालाई प्रोत्साहित गर्ने उद्धेश्यका साथ टावरले उपहार योजना सुरु गरेको उहाँले बताउनुभयो । असोज १९ गतेदेखि सुरु भएको योजना कात्तिक ३० गतेसम्म लागू हुने तिमिल्सिनाले जानकारी दिनुभयो ।

उपहार योजनामा सहभागि हुनका लागि कम्तीमा एक हजार रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्ने हुन्छ । हजार वा सोभन्दा बढीको सामान खरिद गरे पछि उपभोक्तालाई कुपन उपलब्ध गराइनेछ । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिनेछ ।

साथै केएल टावरमा घटस्थापनादेखि सिनेमाहलहरु समेत खुलेका छन् । सिनेमा हलहरु खुलेको र दशैँ लागिसकेका कारण केएल टावरमा अहिले सपिङ्ग गर्नेहरुको चहलपहल समेत बढेको छ । कोभिडका कारण लामो समयदेखि बन्द जस्तै अवस्थामा रहेका सपिङ्ग मलहरु दशैं नजिकिएसँगै विभिन्न अफरका साथ संचालनमा आउन थालेका छन् ।

टावरमा पचास वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा एफ क्युव सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुम लगायतका पसल सञ्चालनमा छन् ।

वि.सं.२०७८ असोज २१ बिहीवार १४:३७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...