back
NMB ad

माटो बेचेर दसैं खर्चको जोहो

Kumari bank ad

काठमाडौं । बागलुङ नगरपालिका–३ की पूजा विकको दिनचार्या एक सातायता मध्यपहाडी लोकमार्गमा बित्ने गरेको छ । विहान चियाखाजा खाएर उनी हातमा कुटो र बोरा लिएर साथीसँगै लोकमार्गको मुलपानी खण्डमा पुग्छिन । यसरी दिनहुँ लोकमार्गको बागलुङ–अक्षते खण्डमा पुग्नुको कारण हो, दसैं खर्च जोहो गर्नु । उनी यहाँबाट घर पोत्न प्रयोग हुने रातो माटो ल्याएर बेच्ने गर्छिन ।

लोकमार्ग हुँदै यात्रा गर्ने यात्रुहरुले रातो माटो खरिद गरेर लैजाने गर्छन । उनकै सिको गरेर यहाँ अहिले अरु ५–६ जना महिला सामुहिक रुपमा माटो बिक्री गरे दसैं खर्चको जोहो गर्न थालेका छन् । स्थानीय अविसा सुनारले दुई–तीन बर्षदेखि माटो बच्ने काम गरेको बताइन ।

कसैले माटो खन्ने, कसैले ढुंगा चाल्ने र कसैले उठाएर बोरामा राख्ने गरी कामको बाँडफाँड गरी सामुहिक काम गर्दै आएको सुनारले बताइन । एकजनाको भागमा दैनिक एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म पर्छ ।

मुलपानी आसपास, सिगाना, तित्याङको साथै काठेखोला, गलकोट, ताराखोला, बडिगाड, ढोरपाटन, तमान, निसीसम्मका यात्रुले रातो माटो खरिद गरेर लैजाने गरेका छन् । गाडा रातोमाटो भएको हुँदा धेरै यात्रुको रोजाइमा पर्ने गरेको छ ।

गाउँका कच्ची घरमा समेत चुना र रङको प्रयोग गर्न थालेपछि माटोको व्यापार घटेको उनीहरूको भनाइ छ । ‘तर पनि माटो बिक्रीबाट दसैं खर्चको जोहो भइरहेको छ,’ सुनारले भनिन्, ‘दसैं सुरु हुनुभन्दा एक साता अघिदेखि माटो बेच्न थालेका हौँ ।’ छिमेकीकै जग्गामा रातो माटो भएको हुँदा जग्गाधनीलाई पनि शुल्क तिर्नु नपर्ने उनीहरूले बताए ।

मध्यपहाडी लोकमार्गको बाटो विस्तार गर्दा उक्त ठाउँमा रातो माटो भेटिएको थियो । व्यक्ति स्वयंले पनि यहाँबाट निःशुल्क माटो उठाएर लैजान सक्छन् । यात्राको क्रममा माटो खन्ने, उकार्ने र ढुङ्गा छु्ट्टाएर तयारी पार्न समय लाग्ने भए पछि तयारी अवस्थाको माटो किन्न उपभोक्ता तयार छन् । ‘दसैंमा एक जोडा लुगा फेर्न र मिठो मसिनो खाद्यन्न र मासु किन्ने पैसा हुन्छ,’ सुनारले भनिन, ‘छोटो समयमा राम्रो आम्दानी हुने हुँदा नियमित गर्ने कामबाट बिदा लिएर पनि माटो बेच्ने गरेका छौँ ।’

 

वि.सं.२०७८ असोज २२ शुक्रवार १४:०७ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...