back
NMB ad

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

Kumari bank ad

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया पवित्रा भट्टराई पर्यटकका रुपमा रारा पुगेकी छन् । रारा ताल घुमेर फर्केका आफन्त गरेको वयानका आधारमा उनलाई रारा तालले लोभ्याएको हो ।

भट्टराईले आफन्तले रारा तालको विषयमा गरेको वयानले दुई वर्षअघि घुम्ने रहर जागेको अहिले आएर पूरा भएका बताइन् । ‘रारा ताल त फेवा तालभन्दा राम्रो रहेछ,’ उनले भनिन्, ‘जीवनको उत्तर्रार्द्धमा स्वर्ग पुगेको महसुस भयो ।’

खोटाङबाट रारा आउनका लागि उनका छोरा विशाल भट्टराईले मिलाएका थिए । रारा आउनका लागि उनलाई खोटाङको दिक्तेतबाट ५ दिनको जिप यात्रा गर्नु परेको थियो । जिपबाट खोटाङ–काठमाडौं–नेपालगन्ज–सुर्खेत हुँदै रारा पुगेकी हुन् ।

भट्टराई गत हप्ताको शनिबार रारा पुगेर फर्किएकी हुन् । आफुले रारा पुग्दा कर्णालीको रहनसहन रीतिरिवाज र यहाँको खानपानका विषयमा जानकारी लिएको बताइन् । ‘कहाँ सुदूर पूर्वको चलन कहाँ सुदुर कर्णालीको चलन धेरै फरक रहेछ,’ उनले भनिन्,‘जीवनको अन्तिममा आएर यहाँको चलन सिक्ने मौका पाए ।’

रारा जति सुन्दर भए पनि रारा पुग्ने सडकले आफुलाई दुःख लागेको बताइन् । ‘रारा त सुन्दर ताल हो,’ उनले भनिनु, ‘तर, त्यहाँ पुग्ने सडक हेर्दा देशमा विकास नभएको जस्तो लाग्यो ।’

कर्णाली राजमार्गमा रहेका खाल्डाखुल्डी कच्ची बाटोले आफूलाई हैरान पारेको उनले बताइन् । रारा पुग्नलाई राजमार्गको विस्तार गरिनुपर्ने उनको भनाइ थियो ।

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...