back
NMB ad

नागरिकको सारथी बन्दै सशस्त्र प्रहरी

Kumari bank ad

जुम्ला । जुम्लामा अविरल वर्षाका कारण मार्सीधानका फाँट बगरमा परिणत भए । पाकिसकेको मार्सीधानको दुई हजार हेक्टर खेतसहित बाढीले बगाइदियो । नौ सय हेक्टरको मात्र धान बाँकी छ । त्यो पनी बगरमा परिणत भएको छ ।

जुम्लाको पहिचान बोकेको मार्सीधान वर्षाका कारण सखाप भएपछि जुम्ली किसान निराश बनेका छन् । नौ सय हेक्टर मात्र रहेको मार्सी धान पानीबाट जोगाएर किसानको दुःखमा मलमपट्टी लगाउनका लागि सशस्त्र प्रहरी ३३ नम्बर गण हेडक्वाटर त्रिपुरा जुम्लाका जवानहरू मार्सीधानको ज्युलोमा पुगेका छन् ।

सशस्त्र प्रहरी ३३ नम्बर गण हेडक्वाटर त्रिपुरा जुम्लाका गणपति गगन श्रेष्ठले भन्छन, ‘सबैभन्दा पहिला त नागरिक बचाउनु हो । त्यसपछि सम्पत्ति पनि बचाउनु पर्छ । किसानको सम्पत्ति मार्सीधान हो । विपदमा हामी कसैको केही लागेन । यही बाँकी रहेको धान जोगाउन सशस्त्र प्रहरी खेतमा पुगेको हो ।’

सशस्त्र प्रहरी भिड नियन्त्रण गर्ने, सीमा सुरक्षामा खटिने मात्रै नभएर आपतविपतमा नागरिकको भरोसा बन्ने गरेको छ । सशस्त्र प्रहरी भिड नियन्त्रण गर्ने, सीमा सुरक्षामा खटिने हो । तर, नागरिकलाई संकट परेका बेला सशस्त्र प्रहरी सारथी बन्न सक्छ’, गणपति श्रेष्ठले भने, ‘सशस्त्र प्रहरी मात्रै नभई रहेक सुरक्षा निकाय नागरिकको दुःखसुखको दौँतरी पनि हो ।’

यसअघि सशस्त्र प्रहरी बल प्रयोग गर्नबाहेक अन्य बेला क्याम्प बाहिर निस्कँदैन भन्ने मान्यता नागरिकमा थियो । तर, पछिल्लो समयमा सशस्त्र प्रहरीको पहिचान बदलेको छ ।

सशस्त्र प्रहरीले कोभिडको महामारीमा पनि जुम्लावासीको भरोसा बनेको थियो । ‘सशस्त्र प्रहरीले अहिले नागरिकमैत्री कार्य गर्न थालेको छ’, जुम्लाका स्थानीय सन्देश कठायत भन्छन्, ‘सशस्त्र प्रहरी नागरिक बीचमै छ भन्ने सन्देश फैलाउन जरुरी छ ।’

जुम्लामा अवस्थित सशस्त्र प्रहरी कोरोना कहरमा क्वारेन्टिन व्यवस्थापन र सुरक्षामा खटियो । यतिबेला पनि नागरिकको सुखदुःखमा साथ दिएर ऊर्जा थप्ने काम गरेको छ ।

सशस्त्र प्रहरी ३३ नम्बर गण हेडक्वाटर त्रिपुरा जुम्लाका गणपति श्रेष्ठले जुम्ली नागरिकसँग हरेक आपतविपतमा काम गर्ने अवसर मिलेको बताए । ‘हामी पनि नागरिकको सुखदुःखमा सहयोगी बन्नुपर्छ’, उनले भने, ‘कोरोना कहरबीच नागरिकको साथमा रहेर काम गर्न पाउँदा निकै खुसी लाग्यो ।’

 

वि.सं.२०७८ कात्तिक ४ बिहीवार १३:२५ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...