back
NMB ad

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकमले साथ नदिँदा लगानीकर्तामा निरास

Kumari bank ad

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

यो दिनको कारोबारमा नेप्से मापन गर्ने सूचकसँगै कारोबार रकममा समेत उल्लेख्य सुधार आउन सकेको छैन । बजार र कारोबार रकम घट्दा लगानीकर्ताको निरासा छाएको छ ।

बजार मापन गर्ने सूचक १४.७० अंकले घटेर परिसूचक २५५६.९५ बिन्दुमा रोकिएको छ ।
२१६ कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता सेयर २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ ।

बैंकिङ ७.०५, विकास बैंक ९४.४४, जलविद्युत ४६.०५, फाइनान्स ४६.३९, निर्जीबन बीमा २३.४६, उत्पादन तथा प्रशोधन १०५.४२, माइक्रोफाइनान्स १४.८४, जीवन बीमा समूहको उपसूचक १०५.२५ अंकले घटेको छ ।

कारोबारमा सानिमा बैंकको सबैभन्दा बढीको कारोबार भएको छ । बैंकको २७ करोड १२ लाख ९७ हजार ६०९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा माछापुच्छ«े बैंक र नबिल बैंक रहेको छ ।

वि.सं.२०७८ कात्तिक ४ बिहीवार १५:२३ मा प्रकाशित

You can share this post!

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:१०

काठमाडौं । विमानस्थल र विमानस्थलसँग जोडिएको हवाइ क्षेत्रमा कार्यरत श्रमिकहरुले...

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:५३

काठमाडौँ, २४ वैशाखः नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई...

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी   

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:४५

जानकी (बाँके), २४ वैशाखः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:१४

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग,...

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...