back
NMB ad

हेलिकोप्टरबाटै बाढी प्रभावित क्षेत्र अनुगमन गरेर फर्किए प्रधानमन्त्री देउवा

Kumari bank ad

बैतडी । प्रधानमन्त्री शेरबहादुर देउवाले बैतडीको बाढी प्रभावित क्षेत्र सिगास गाउँपालिका ५ ढुंगाडको अवलोकन गरेका छन् ।

गत आइतबारदेखिको अविरल वर्षाले सेती नदीमा आएको बाढी प्रभावित क्षेत्र ढुंगाडको स्थलगत भ्रमणपछि देउवा डडेल्धुरा प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रको हेलिकोप्टरबाटै अनुगमन गरेका छन् । आकाशमा तीन चक्कर लगाएर अनुगमन गरेका प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रका व्यक्तिसँग भेट गरी डडेल्धुरा प्रथान गरेका छन् ।

देउवाले करिब २० मिनेट जति स्थानीयसँग भलाकुसारी गरेको स्थानीय घनश्याम धामीले बताए ।उनले भने, ‘प्रधानमन्त्रीज्यूले बढीमा ३ मिनेट सम्बोधन गर्नुभयो । हाम्रा समस्याका बिषयमा केही व्यवस्था गरिसकेको र केही अब गर्ने कुरा राख्नुभयो । अन्य जिल्लामा पनि कार्यक्रम रहेको भन्दै फर्किनुभयो ।’ प्रधानमन्त्री देउवालाई ढुंगाडबासीले आफ्ना समस्याबारे ज्ञापनपत्र बुझाएका छन् ।

वर्षाका कारण सेती नदीमा बाढी आएपछि सिगास ५ ढुंगाडको करिब २ सय रोपनी धानखेत बगरमा परिणत भएको छ भने ५ घर भक्तिएका छन् ।

वि.सं.२०७८ कात्तिक ४ बिहीवार १५:३० मा प्रकाशित

You can share this post!

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:१४

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग,...

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...