back
NMB ad

जाजरकोट-डोल्पा सडकखण्ड अवरुद्ध, नुन तेलको हुन थाल्यो अभाव

Kumari bank ad

जाजरकोट। जाजरकोट–डोल्पा सडकखण्डको रुकुमपश्चिम र डोल्पा सडकमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । रुकुमपश्चिममा पर्ने त्रिवेणी बजार र डोल्पामा पर्ने खदाङ्गबीचमा करपगाड पर्ने दुई स्थानमा गएको सुक्खा पहिरोले गर्दा यहाँको यातायात सेवा ठप्प भएको छ ।

करिब एक सय मिटरमाथिबाट खसेको पहिरोका कारण डोल्पा जाने र जाजरकोट आउने सवारीसाधनहरू ठप्प छन् । मंगलबारदेखि रुकुमपश्चिको अनाहदेखि छुटेका मालबहाक ट्याकटर, साना ट्रकहरू सडकको दुई किनारामा रोकिएका छन् । पहिरोका कारण दैनिक उपभोग्य सामग्री ढुवानी ठप्प भएको जुफालका स्थानीय व्यापारी खीमबहादुर सिँहले जानकारी दिए ।

‘मुल ठाउँमै पहिरो खसेकाले चामल, नुन, तेल लगायतका सामग्रीहरू भित्रयाउन सकिएको छैन् । बजारमा भने मौज्दात खाद्यान्न सकिने बेला भएको छ’, उनले भने । सडक खुलाउनेबारेमा सडक डिभिजन चौरजहारीले कुनै चासो नदिएको सिंहले बताए । यता डिभिजन प्रमुख ध्रुव झाले आफूलाई जानकारी नै नआएको बताए ।

ज्यानको बाजी थापेर यात्रा

जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत पर्ने खदाङ्ग–त्रिवेणी सडकखण्डमा सर्वसाधारणहरू ज्यानको बाजी थापेर यात्रा गर्न बाध्य छन् । त्रिपुरासुन्दरी नगरपालिका–५ का स्थानीय मोतीप्रसाद उपाध्यायले भने, ‘मुल सडकमा पहिरो गएको छ । आउने र बाहिरिने अर्को कुनै वैकल्पिक सडक छैन । त्यसकारण पनि सर्वधाराणहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।’ त्रिपुरासुन्दरी नगरपालिका आफैसँग डोजर भए पनि तीन दिनसम्म पहिरो पन्छ्याइएको छैन ।

कच्ची सडक र झोलङ्गे पुलका कारण डोल्पासम्म पुग्ने सडक जोखिमयुक्त भएकाले सुधार गर्नुपर्ने फोक्सुण्डो ताल जान हिँडेका गुल्मी तम्घासका आन्तरिक पर्यटक श्याम क्षेत्रीले बताए । उनले थपे, ‘डोल्पा पर्यटकीय हिसाबमा अत्यन्तै सुन्दर छ, त्यही भएर पनि स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लागेको छ । तर, करोपगार्डसम्म कसरी ज्यान जोगाएर आइपुगियो सम्झिँदा आफँैलाई डर लाग्छ ।’

पर्यटक बीचबाटै फर्किए

करोपगार्डमा खसिरहेको पहिरोका गन्तव्यमा पुग्न नसकेपछि फोक्सुण्डो नहेरी पर्यटकहरू बीच बाटोबाटै फर्कन थालेका छन् । उपयुक्त मौसम पारेर डोल्पा आइपुगेका काठमाडांै, गुल्मी, बुटवल, पाल्पालगायतका जिल्लाबाट मोटरसाइकलमा आएका आन्तरिक पर्यटकहरू पहिरोले अगाडी बढ्न नसकेपछि बीच बाटोबाटै फर्किएका स्थानीय पौरख रोकायले बताए । हेमन्त केसी ,न्युज कारखाना

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १२:४२ मा प्रकाशित

You can share this post!

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:४५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३७

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन...

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३०

धरान (सुनसरी), २५ वैशाखः ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण...