back
NMB ad

महाभुकम्पले सुकेको तातोपानीको मुल पुनः पलायो

Kumari bank ad

रसुवा । ६ वर्षअघि गएको महाभुकम्पपछि सुकेको रसुवाको एउटा तातोपानी कुण्ड पुनः भरिएको छ । आमाछोदिङ्मो गाउँपालिका–५ तातोपानीस्थित यो कुण्ड ०७२ सालको महाभुकम्पपछि सुकेको थियो ।

गत भदौ मध्यतिर पलाएको तातोपानी गतबर्ष माघमा सुकेको थियो । ८ महिनापछि अहिले पुनः तातोपानी पलाएको स्थानीय नोर्चेल तामाङले बताए । उनका अनुसार ६ वटै धारामा पानी आइरहेको छ । उनले भने, ‘पानीको मात्रा पनि बढिरहेको छ ।’ तातोपानी पुनः देखिन थालेपछि स्थानीय खुसी भएका छन् भने गुमेको व्यवसाय पुनः फर्किनेमा आशावादी भएका छन् । बिनासकारी भुकम्पपछि तामाङ सम्पदा मार्ग र तातोपानी कुण्डको पानीको मुहान हराएपछि धार्मिक तथा साँस्कृतिक परम्परादेखि व्यवसायिक कारोबार समेत प्रभावित भएको थियो ।

भुकम्पअघिसम्म यो कुण्डमा ४० डिग्री सेन्टिग्रेट तापक्रम र प्रतिसेकेन्ड सय लिटर हाराहारीमा पानी निस्कने गरेको अनुमान छ । तातोपानीको मुहान सुकेपछि व्यापारिक प्रयोजनाका लागि लाखौं रुपैयाँ खर्चेर बनाएका होटल सुनसान भएका छन् । पर्यटक नआउँदा केहीँले होटल व्यवसाय छोडी पलायन भएका छन् ।

तातोपानी पोखरीमा नुहाएमा छालासम्बन्धी रोग, शरीरको खटिरा, दम, गानो गोला बाथ, चर्मलगायतको रोगबाट ग्रसित बिरामी ठिक हुने विश्वास छ । तातोपानी कुण्डमा नुहाउन स्वदेशी मात्र नभएर बिदेशी पर्यटन समेत आउने गर्थे । दुई हजार ६ सय ४५ मिटरको उचाइमा अवस्थित तातोपानी कुण्डलाई भुकम्पको कम्पनले पु¥याएको क्षतिपश्चात पुनः पहिलेको अवस्थामा फर्किएको हुँदा पर्यटकीय तथा धार्मिक स्थानको संरक्षणमा ध्यान दिनुपर्ने जानकारहरु बताउँछन् ।

वि.सं.२०७८ कात्तिक ८ सोमवार १३:३८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...