back
NMB ad

सेयर बजारमा उछाल: कारोबार रकम पनि बढ्यो, तीन बैंकसहित ५ कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । उक्त दिन बजार ८७.६३ अंकले बढेको छ ।

बजार परिसुचक पनि २६७२.२५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । अघिल्लो दिन तुलनामा कारोबार रकम पनि वृद्धि भएको छ ।

सोमबार ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त दिन बैंकिङ समूह ३७.४० अंक, विकास बैंक ३०१.५० अंक, व्यापार १५.८८, होटल तथा पर्यटन ८१.८८, जलविद्युत २००.८२ अंकले वृद्धि भएको छ ।

बजारमा हरियाली देखिएको उक्त दिन फाइनान्स समूह १७६.४९ अंक, माइक्रोफाइनान्स १२१.१३ अंक, निर्जीवन बीमा ४६७.६, जीवन बीमा ५३७.०१, उत्पादक तथा प्रशोधन १४३.३७, म्युचुअल फण्ड०.१७ र लगानी समूह३.६७ अंकले वृद्धि भएको छ ।

उक्त दिन तीन बैंकसहित ५ कम्पनीको सर्वाधिक कारोबार भएको छ । सोमबार सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको १६ करोड २५ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको अपि पावरको १३ करोड ४५ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस्तै, सिद्धार्थ बैंकको १३ करोड १३ लाख ४३ हजार, नेशनल हाइड्रोपावरको १२ करोड २६ लाख ८ हजार र नबिल बैंकको ११ करोड ६५ लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वि.सं.२०७८ कात्तिक ८ सोमवार १५:४७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...