back
NMB ad

नबिल, एनआईसी एशिया बैंकसहित ६ कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो ?

Kumari bank ad

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । उक्त दिन बजार १८.०६ अंकले बढेको हो ।

बुधवार बजार परिसुचक २७६९.१३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज कारोबार रकम पनि केही वृद्धि भएको छ ।

उक्त दिन ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता सेयर किनबेच भएको छ ।

उक्त दिन नबिल बैंकसहित ६ कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज नबिल बैंकको ४३ करोड १९ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन कम्पनीको २ लाख ७० हजार ५५७ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य १ हजार ६०६ रुपैयाँ पुगेको छ ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको आईसीएफसी फाइनान्सको २० करोड ९२ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कम्पनीको सेयर आज २ लाख ६१ हजार ७५५ कित्ता किनबेच भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ सय रुपैयाँ कायम भएको छ ।

उक्त दिन एनआईसी एशिया बैंकको पनि सर्वाधिक कारोबार भएको छ । उक्त दिन कम्पनीको १९ करोड ६१ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । कम्पनीको आज २ लाख ३० हजार ९० कित्ता सेयर कारोबार भएको छ । सेयर मूल्य भने ८७० रुपैयाँ कायम भएको छ ।

यस्तै, अरुण भ्याली हाइड्रोपावरको १७ करोड ९७ लाख ९ हजार रुपैयाँ बराबरको ३ लाख ७५ हजार ३४३ कित्ता, बेष्ट फाइनान्सको १७ करोड १९ लाख ५१ हजार रुपैयाँ बराबरको २ लाख ९९ हजार ९६३ कित्ता सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरि अपि पावरको १६ करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको ३ लाख ५६ हजार ४९८ कित्ता सेयर कारोबार भएको छ ।

वि.सं.२०७८ कात्तिक १० बुधवार १५:३९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...