back
NMB ad

लिमचुङबुङका सबै वडामा निःशुल्क स्वास्थ्य शिविर

Kumari bank ad

उदयपुर । उदयपुरको लिमचुङबुङ गाउँपालिकाले प्रजनन् स्वास्थ्यसम्बन्धी जानकारी दिनेगरी सबै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ९ कात्तिकदेखि सुरु भएको शिविरमा महिलामा लाग्ने विभिन्न रोगको स्कृनिङ र परामर्श दिइएको छ । यहीँ क्रममा बिहीबार वडा नम्बर। ४ बलम्ता स्वास्थ्य चौकीमा शिविर स्थापना भएको छ ।

महिलाको पाठेघरमा हुने क्यान्सरबाट बचाउने उद्देश्यले अयोजित शिविर गाउँपालिकाका पाँचै वटा वडामा सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत टार्जनकुमार लिम्बुले जानकारी दिए । यही क्रममा हरेक गाउँमा घुम्ती शिविर राखेको लिम्बुले बताए । आउँदो १३ कात्तिकसम्म चल्ने शिविर गाउँपालिका महिला विकास शाखाको आयोजनामा भएको हो । सहायक महिला विकास निरीक्षक सुनिता लिम्बुका अनुसार शुक्रबार वडा नम्बर २ ताम्लिछा स्वास्थ्य चौकी र अन्तिम दिन शनिबार वडा नम्बर १ बाँसबोटे स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ ।

शिविर सन्चालनमा जिल्ला अस्पताल गाईघाटको प्राविधिक सहयोग रहेको छ । जिल्ला अस्पतालकी प्रसूति प्रमुख छबित्रा राई नेतृत्वको स्वास्थ्य टोलीले शिविरमा सेवा दिइरहेको छ । टोलीमा ओरेक नेपाल र लिमचुङबुङ गाउँ अस्पतालका तालिम प्राप्त स्वास्थ्यकर्मी पनि छन् । शिविरमा महिलाको स्वास्थ्य परीक्षण तथा परामर्श र उपचार पनि भइहेको स्वास्थ्य शाखा प्रमुख नौलशेर राईले बताए ।

बाराहा स्वास्थ्य चौकी शिविरमा ३८ महिलाले परीक्षण गरेकोमा आधा दर्जनमा जटिल समस्या देखिएको छ । जाँतेमा सम्पन्न शिविरमा ५३ जना महिलाले परीक्षण गराएकोमा ६ जनाको अवस्था जटिल पाएको राईले बताए ।

यौन रोग भए पनि लाजले महिलाले समयमा परीक्षण नगर्दा थाहै नपाइ रोग जटिल हुने भएकाले त्यस्तो समस्याको पहिचान गर्न गाउँ घरमै शिविर स्थापना गरेको गाउँपालिकाका सूचना अधिकारी तथा लेखा अधिकृत ताराकिरण राईले बताए । पाठेघरमा क्यान्सर जस्तो रोग लागेमा उपचार नहुने भएकाले बेलैमा परीक्षण गर्न शिविरले सहयोग पुग्ने गाउँपालिकाको भनाइ छ ।

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १३:३५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...