back
NMB ad

खाद्य संकट बढेपछि नागरिकलाई थोरै खान निर्देशन

Kumari bank ad

एजेन्सी । उत्तर कोरियाले आफ्ना नागरिकहरुलाई थोरै खान निर्देशन दिएको छ । सन् २०२५ मा चीनसँगको सिमा नखुल्दासम्म उत्तर कोरियाले आफ्ना नागरिकहरुलाई थोरै खान निर्देशन दिएको हो ।

खाद्य अभावबाट उत्तर कोरिया नराम्रोसँग प्रभावित छ । अभावका कारण पर्याप्त खान नपाउँदा केही मानिसहरु भोकमरीको चपेटामा परेका छन् ।

कोभिड महामारी फैलिएपछि उत्तर कोरियाले सन् २०२० को जनवरीदेखि चीनसँगको सीमा बन्द गरेको थियो । सीमा बन्दपछि देशको अर्थतन्त्रमा गम्भीर असर गरेको छ । उत्पादनभन्दा माग बढेकोले दैनिक उपभोग्य बस्तुको मूल्य आकाशिएको छ ।

सन् २०२५ अगाडि चीनसँगको सीमा खुल्ने सम्भावना न्यून रहेको विज्ञहरुले बताउँदै आएका छन् ।‘उत्तर कोरियामा खाद्य सामाग्रीको चरम अभाव छ । यही बेला सरकारले हामीलाई अझै चार वर्ष थोरै खान उर्दी जारी गरेको छ ।’ सरकारी अधिकारीहरुको निर्देशनपछि निराश बनेका एक सर्वसाधरणले भने ।

समस्याका बाबजूद उत्तर कोरियाली नेता किम जोङ उनले विश्वबाट नै एक्लिँदै गएको देशलाई आत्मनिर्भर हुन जोड दिँदै आएका छन् ।

यही जुलाईमा पार्टीको केन्द्रीय कमिटीको वैठकले सर्वसाधरणलाई जमिन खाली नराख्न र उत्पादन बृद्धि गर्न आग्रह गरेको थियो ।

राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले उत्तर कोरियामा यो वर्ष ८ लाख ६० हजार टन खाद्यन्न आवश्यक रहेको जनाएको थियो । कोभिड संक्रमणले बाहिरी मुलुकबाट खाद्यन्न आयात हुन नसक्दा झनै अभाव बढेको उसले जनाएको थियो ।

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १४:०५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...