back
NMB ad

नेपाली बजारमा चेरी टिग्गो ४ प्रो एसयूभि लन्च, यस्तो छ फिचर र मूल्य

Kumari bank ad

काठमाडौं । शारदा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्स नेपालमा चेरी अटोमोबाइल्स कम्पनीको आधिकारिक वितरकको रुपमा नियुक्त भएको छ ।

एसपीजी अटोमोबाइल्सले नेपाली बजारमा चेरी टिग्गो ४प्रो एसयूभि लन्च गरेको छ । चेरी टिग्गो ४प्रो तीन भेरियन्टमा उपलब्ध छ ।

यो १.५ लिटर नेच्यूरल्ली एस्पिरेटेड म्यानुअल ट्रान्समिसन, १.५ लिटर नेच्यूरल्ली एस्पिरेटेड सिभिटी र १.५ लिटर टर्बो गियरबक्स सिभिटी इन्जिन जडित गाडी हो ।

नेच्यूरल्ली एस्पिरेटेड इन्जिनले अधिकतम पावर ८५ किलोवाट (११५ पीएस) र १३८ एनएमको अधिकतम टर्क उत्पादन गर्दछ । १.५ लिटर टर्बो चार्जड सीभीटी इन्जिनले अधिकतम पावर ११५ किलोवाट(१४७ पीएस) तथा अधिकतम पावर २१० एनएमको टर्क उत्पादन गर्दछ । टिग्गो ४ प्रोको प्रमाणित माइलेज १४.७ किमी प्रतिलिटर रहेको छ ।

नयाँ टिग्गो ४ प्रो एसयूभीमा ४३१८ एमएम लम्बाई, १८३० एमएम चौडाई, २६७० एमएमको उचाई रहेको छ ।

यसको ग्राउण्ड क्लिरियन्स २०० एमएम रहेको छ । यसको वुट स्पेस ३५० लिटरको छ । यो ३४ वटा विभिन्न स्टोरेज स्पेस पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

नयाँ टिग्गो ४प्रो एसयूभि मा नयाँ फ्रण्ट फेस र आकर्षक मस्कुलर प्रोफाइल देख्न सकिन्छ । यसमा ५ स्पोक मिरर डिजाइनको १७ इन्च स्पोर्टि ह्वील समावेश गरिएको छ ।

यसका साथै डायमन्ड इन्टेक ग्रिल, क्रिस्टल डायमन्ड लेन्स एलईडी हेडलाइट, जी–टाइप डिआरएल र साइड स्कर्टले स्पोर्टि लुक्स प्रदान गर्न मद्दत गर्दछ ।

यसमा पावरड सनरुफका साथै ड्राइभर सिटमा ६ वे एडजस्टमेन्ट लेदर सिट रहेको छ । यो इन्टेरिएर सरल र आकर्षक छ । यसमा डि–टाइप ३ स्पोक मल्टिफेक्सनल स्टेरिङ ह्वील, ७ इन्च एलसीडी मिटर, एप्पल कार प्ले र एन्ड्रोइड अटो सहितको १०.२५ इन्चको सेन्ट्रल कन्ट्रो स्क्रीन, रियर आर्मरेस्ट र सेकेण्ड रो एसिभेण्ट जस्ता विशेताहरु रहेका छन् । यो गाडीमा पुश स्टार्ट वटन र पिईपी एस रिमोट स्टार्ट प्रणाली समावेश गरिएको छ ।

यो सुरक्षाका दृष्टिकोणले ६ रिङ्ग एयरब्याग, एबीएस इविडि, इलेक्ट्रिोनिक स्मटेविलिटी प्रोगा्रम, टिसिएस सिस्टम, इमर्जेन्सी ब्रेक असिस्ट, रोल स्टेबिलिटि कन्ट्रोल, हिल स्टार्ट असिस्ट (कन्ट्रोल), डाइरेक्ट टायर प्रेसर मोनिटरिङ प्रणालीका साथै बच्चाहरुको सुरक्षाका लागि सबै चारवटै झ्याल ढोकाहरु एन्टी पिन्चलकहरु राखिएको छ । यसमा इपिबिका सािथै अटो होल्ड प्रविधि अपाएको छ ।

तीन भेरियन्टमा उपलब्ध यो टिग्गो ४ प्रो १.५ लि.कोलाई नेपाली बजारमा ४६ लाख २० हजार, टिग्गो ४ प्रो १.५ लि सीभीटीलाई ५२ लाख ५० हजार र टिग्गो ४ प्रो १.५ टी टर्बो सिभिटीलाई ५८ लाख ४० हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

टिग्गो ४ प्रो एसयूभि विभिन्न ६ रङमा उपलब्ध छन् । यो गाडी आई सि एक्स ब्लु, जेवेल रेड, नास्ड्याक सिल्भर, न्यू खाकी रेड, सेलाडोन ऐस र कार्वन क्रिश्ट ब्ल्याकमा उपलब्ध रहेको छ ।

वि.सं.२०७८ कात्तिक १२ शुक्रवार १५:३२ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

वि.सं.२०८१ जेठ १३ आइतवार १७:१५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई...

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

वि.सं.२०८१ जेठ १३ आइतवार १७:०४

काठमाडौँ, १३ जेठ : नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण...

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:३०

काठमाडौँ, १३ जेठ : हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक...

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:२३

काठमाडौँ, १३ जेठ : मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका...

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१८

काठमाडौँ, १३ जेठ : प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...