काठमाडौं । एभरेष्ट बैंकको सेयर मूल्यमा उच्च गिरावट आएको छ । आइतबार कम्पनीको सेयर मूल्य ६.५० प्रतिशतले घटेको हो ।
साताको पहिलो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४८ रुपैयाँले घटेको हो । योसंगै आज कम्पनीको सेयर मूल्य ६९१ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ ।
उक्त दिन कम्पनीको २७ करोड ७९ लाख २६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । नेप्सेका अनुसार आज कम्पनीको ४ लाख ३ हजार ९९९ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ कात्तिक १४ आइतवार १५:५६ मा प्रकाशित