back
NMB ad

सर्वोच्च फर्किएका पाँच न्यायाधीशले बारसँग भने– हामी तपाईंहरूसँगै छौँ

Kumari bank ad

काठमाडौं । इजलासमा फर्किएका सर्वोच्च अदालतका पाँच न्यायाधीशले नेपाल बार एसोसिएसनको आन्दोलनमा आफूहरूको समर्थन रहेको बताएका छन् ।नेपाल बार र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसँगको छलफलमा पाँच न्यायाधीशले बारको आन्दोलनमा आफूहरूको समर्थन रहेको बताएका हुन् ।

न्यायाधीशको भनाइ उद्धृत गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘‘हामीहरू तपाईंभन्दा बाहिर छैनौं । आन्दोलनका कारण सेवाग्राहीले दुःख पाए । सेवाग्राहीबाट प्रश्न नउठोस् भनेर बन्दीप्रत्यक्षीकरणसहित सामान्य मुद्दा हेरेका हौँ र आफूहरू बाँकी न्यायाधीश (आन्दोलित न्यायाधीश)सँगै बारको बटमलाइनको साथमा छौँ ।’

छलफलका बेला बार पदाधिकारीले अदालतमा विकृति विसंगति बढेको भन्दै आन्दोलनमा असर पर्ने गरी मुद्दा नहेर्न र साथ दिन न्यायाधीशहरूसँग अनुरोध गरेका थिए ।

पाँच जना न्यायाधीश भेट्न बार अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष ईश्वरी खतिवडा, रक्षा बस्याल, सर्वोच्च बारबाट अध्यक्ष पूर्णमान शाक्य र सचिव ऋषिराम घिमिरे थिए ।

सर्वोच्चका पाँच न्यायाधीश तेजबहादुर केसी, कुमार रेग्मी, कुमार चुडाल, मनोज शर्मा र बमकुमार श्रेष्ठ सोमबार र मंगलबारको बार पदाधिकारीको छलफलमा अनुपस्थित थिए ।

सेवाग्राही मारमा परेको र तत्काल निकास ननिस्कने भन्दै उनीहरूले मंगलबारदेखि इजलासमा फर्केर मुद्दा हेर्न सुरू गरेका छन् । अन्य १३ न्यायाधीश पनि सेवाग्राहीलाई कम क्षति हुनेगरी गोलाप्रथाबाट मुद्दा हेर्ने र प्रधानन्यायाधीश बहिर्गमनको आन्दोलनमा समर्थन दिइरहने पक्षमा छन् ।

कार्यपालिकासँगका राजनीतिक भागबण्डा खोजेको आरोपसहित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै बार आन्दोलनमा उत्रिएको छ भने सर्वोच्चकै न्यायाधीशहरू इजलास बहिस्कार गरेर बसेका छन् ।

वि.सं.२०७८ मंसिर १ बुधवार १६:१४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...