back
NMB ad

नेपाल घोडचढी संघलाई अन्तर्राष्ट्रिय मान्यता

Kumari bank ad

काठमाडौं । नेपाल घोडचढी संघले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । अन्तर्राष्ट्रिय इक्वेस्टेरियन महासंघको बेल्जियममा बसेको विशेष साधारणसभाले नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने निर्णय गरेको हो ।

१४-१७ नोभेम्बरसम्म बेल्जियममा बसेको बैठकले नेपाललाई मान्यता दिने निर्णय भएको महासंघकी सचिव सर्बिना इबानेजले जानकारी दिएकी हुन् । नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने महासंघको निर्णयप्रति संघका अध्यक्ष रवि राजकर्णिकारले खुसी व्यक्त गरेका छन् । उनले ६ वर्षको अनवरत प्रयास सफल भएकोमा सबैलाई धन्यवाद ज्ञापन गरे ।

नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने सम्बन्धमा गत महिना विदेशी पदाधिकारीले नेपालको भ्रमण गरेका थिए । उनीहरूले नेपाल बसाइका क्रममा यस खेलको सम्भावना र विकासको पक्षबारे जानकारी लिएका थिए ।

उनीहरूले यतिबेला युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, रक्षामन्त्री मिनेन्द्र रिजाल, राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल आर्मीको क्याभिलरी विभागका पदाधिकारी, नेपाल ओलम्पिक कमिटीका पदाधिकारीसँग भेटघाट पनि गरेका थिए ।

वि.सं.२०७८ मंसिर १ बुधवार १८:०८ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...