back
NMB ad

३० दिनमा २० प्रतिशतले बढ्यो अनलाईन भुक्तानी, किन घट्यो डेबिट कार्ड लिनेको संख्या ?

Kumari bank ad

काठमाडौ । पछिल्लो समयमा अनलाईन भुक्तानी गर्नेहरुको संख्या करिव एक तिहाइका दरले बृद्धि भएको छ ।

कोभिड–१९ का कारण भएको लकडाउनमा बैंकहरुले आफ्ना ग्राहकहरुलाई सुविधा दिन भन्दै अनलाइन भुक्तानीका विभिन्न माध्यम अपनाएका थिए । सोही कारण मानिसहरु अनलाइन भुक्तानी सहज र सरल लागेकोले मानिसहरु यसतर्फ आकर्षित भएका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार एक महिनामा मात्र विभिन्न बैंक तथा वित्तिय संस्था एवं पेमेन्ट गेटवेहरुको प्रयोग गरी भुक्तानी गर्नेहरुको संख्या १९.९ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार असोज महिनामा ४ खर्ब ७० अर्ब ५१ करोड ४ लाख रुपैयाँ बराबरको अनलाई भुक्तानी भएको छ ।

भदौ महिनामा भने ३ खर्ब ९२ अर्ब ९ करोड ८५ लाख रुपैयाँ बराबरको भुक्तानी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

डेविट कार्ड लिने दुइलाखले घटे

मोवाइल बैंकिङ र क्युआर कोड फस्टाउदै गएपछि डेविट कार्ड लिनेहरुको संख्यामा कमी आएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार एक महिनामा डेविट कार्ड लिनेहरुको संख्यामा २ लाख १ हजार ११९ जनाले घटेका छन् ।

भदौ महिनामा डेविट कार्ड लिनेहरुको सख्या ९५ लाख ७० हजार ७९७ रहेकोमा सो असोजमा सो संख्या २ लाख भन्दा बढीले घटेर ९३ लाख ६९ हजार ६७८ जनामा सिमित भएको छ ।
पछिल्लो समयमा इन्टरेनट बैकिङ, मोवाइल बैकिङ क्वीआर कोड

भुक्तानी जस्ता फिचर्सहरुका कारण डेविट कार्ड लिनेहरुको संख्या घटेको हो । कार्डबाट भन्दा मोवाइल वा अनलाईन पेमेन्ट गर्न सहज भएकोले ग्राहकहरुले डेविटकार्ड कतिपयले लिएका छैनन् भने कतिपयले कार्डको नविकरण नै नगरेको बैंकर्सहरु बताउँछन् । तर अन्य अनलाईन भुक्तानीहरुमा भने बढोत्तरी भएको तथ्यांकले देखाउछ ।

असोज महिनामा विभिन्न माध्यमबाट भएको अनलाईन भुक्तानी

वि.सं.२०७८ मंसिर २ बिहीवार १३:०८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...