काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको छ । साताको अन्तिम कारोबार दिन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
उक्त दिन कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता १३५ रुपैयाँ ९० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ४९५ रुपैयाँ ३० पैसा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको २७ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कम्पनीको १८९ कित्ता सेयर खरिदबिक्री भएको छ ।
वि.सं.२०७८ मंसिर २ बिहीवार १५:४६ मा प्रकाशित