back
NMB ad

दरबारमार्ग स्थित मर्कन्टायल प्लाजामा एप्पल वल्र्ड

Kumari bank ad

ctv1काठमाडौ । लेटेस्ट तथा ब्राण्डेड मोबाइल कारोबारमा ख्याती कमाएको सिटिभी मोबाइल प्रालिले दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा ‘एप्पल वल्र्ड मोबाइल प्रालि’को नामबाट मल्टिब्राण्ड मोबाइल सोरुम संचालनमा ल्याएको छ ।

मल्टिब्राण्ड सोरुमको उद्घाटन पूर्ब मिस नेपाल सृष्टि श्रेष्ठ, चर्चित गायक राजेशपायल राई, आइएमएसका अध्यक्ष दिपक मलहोत्रा र आइएमएस का प्रेशिडेन्ड दिकेश मलहोत्रा लगायतले संयुक्त रुपमा रिबन काटेर गरेका थिए ।ctv2

मंसिर २८ गते सोमबारबाट संचालनमा आएको मल्टिब्राण्ड सोरुम १ हजार स्क्वायर फुट क्षेत्रफलमा फैलिएको छ भने यो स्थानबाट सामसुङ, हुवावे, सोनी, एचटिसि, ब्लाकबेरी, पानासोनिक, एलजी, माइक्रोम्याक्स, जियोनी, माइक्रोसफ्ट, भर्चुमोबाइल लगायत बिश्व बजारमा पाइने सबै ब्राण्डेड मोबाइलको कारोबार गरिनेछ ।

एप्पल वल्र्डको सोरुममा ९ सय ९९ रुपैयाँदेखि ९ लाख रुपैयाँसम्म मुल्यपर्ने मोबाइल रहनेछन् । बिभिन्न कम्पनीहरुबाट उत्पादित मोबाइलका बारे जानकारी दिन अलग अलग टेबलबाट सुबिधा प्रदान गरिने, मोबाइलबारे जानकारी दिन सम्बन्धित मोबाइलबारे जानकार सेल्स गल्र्स तथा सेल्स मेनेजर रहने ब्यबस्था पनि मिलाइएको छ ।

‘गेटिङ बिगर’ मुल लक्ष्य लिएर अगाडी बढेको सिटिभी मोबाइल समूहले अनलाइनमार्फत मोबाइलको कारोबार गर्ने तथा होम डेलिभरीको समेत ब्यबस्था गरेको छ । यस्तै मोबाइल मर्मतका लागि पनि घरैसम्म लिन जाने र डेलिभरी गर्ने सम्मको सुबिधा रहेको छ ।ctv

१ घण्टामै मोबाइल मर्मतबाट ख्याती कमाएको सिटिभी मोबाइलले यो सुबिधा एप्पल वल्र्डमा पनि रहेको जनाएको छ भने एक्सचेन्ज गरी नयाँ मोबाइल खरिद गर्न सकिने ब्यबस्था पनि मिलाएको छ ।

ताम्राकार कम्प्लेक्सको पसल नं १२, १३ र ३३, सिटिसी मलको चौथो तल्लामा द वल्र्ड भिजन तथा चाबहिलस्थित केएल टावरमा सिटिभी लिंक इलोक्ट्रोनिक्समार्फत मोबाइलको कारोबार गरिरहेको सिटिभी मोबाइलले दरबारमार्गमा खोलेको यो आउटलेट छैठौं हो ।

मोाबाइलको मल्टिब्राण्ड सोरुम मध्येकै राम्रो दाबी गरिएको यो सोरुमबाट एशोसरिज र ल्यापटपको पनि कारोबार गरिने छ ।

ब्यबस्थित पार्किङको सुबिधा, फ्रि वाइफाइको ब्यबस्था सहित खोलिएको यो एप्पल वल्र्ड प्रालिले २२ जना स्टाफमार्फत बिभिन्न कम्पनीबाट उत्पादित मोबाइलको बारे जानकारी दिदै सेवा तथा सुबिधा प्रदान गर्न लागेको छ ।
मंसिर २८ गतेबाट कारोबार शुरु भएको एप्पल वल्र्डले ओपनिङ अफर अन्तर्गत ३५ प्रतिशतसम्म छुटको ब्यबस्था गरेको छ भने सरप्राइज गिफ्टको समेत व्यवस्था गरेको छ ।

वि.सं.२०७२ मंसिर २८ सोमवार १६:४३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...