back
NMB ad

मौद्रिक नीतिको समिक्षा यही साताभित्र, विवादित सेयर कर्जामा होला त संसोधन ?

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा गर्ने तयारी गरिरहेको छ । यही हप्ता नै पहिलो त्रैमासिक समिक्षा गर्ने गरी केन्द्रिय बैंकले तयारी गरिरहेको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत कार्यान्वयनमा ल्याएको नीतिगत व्यवस्था त्रैमासिक समिक्षा मार्फत मात्र परिवर्तन गर्ने प्रचलन रहेको छ । त्यसैले पनि चालु आर्थिक बर्षको पहिलो मौद्रिक नीतिको समिक्षामा सवैको चासो रहेको छ ।

केन्द्रिय बैंकले गत साउनमा जारी गरेको मौद्रिक नीतिको दुइवटा व्यवस्थाका कारण बैकिङ क्षेत्रमा समस्या पैदा भएको भन्दै गभर्नरको कडा आलोचना गरिएको छ । पहिलो सिसिडी रेसियो हटाएर सिडी लागु हुने व्यवस्था र दोस्रो सेयर लगानीमा ४/१२ करोडको सिमा । नेपाल बैंकर्स संघले पनि सिडि रेसिययोमा लचकता हुन आग्रह गर्दै गत साता ८ बुदे माग नै बुझाएको थियो । तर संघले सेयर कर्जाको बारेमा भने केही बोलेको छैन ।

त्यस्तै सेयर लगानीकर्ताहरुले सेयर बजारमा ४ र १२ करोडको सिमा तोक्नु पुँजी बजारको विस्तारको खिलाफ रहेको भन्दै गभर्नर अधिकारीको राजीनामा समेत माग गरेका थिए ।
नेपाल राष्ट्र बैंकले गत साउनमा मौद्रिक नीति जरी गर्दै बैंक तथा वित्तिय संस्थाले आफ्नो सिडी रेसियो (कर्जा निक्षेप अनुपात) ९० प्रतिशत कायम राख्नुपर्ने व्यवस्था गरेको थियो ।

साथै सेयर कर्जा एक बैंकबाट बढीमा ४ करोड र विभिन्न बैंकबाट बढीमा १२ करोड रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्था गरेको थियो । केन्द्रिय बैंकले मौद्रिक नीति जारी गरी सिडी रेसियो ९० मा कायम राख्नुपर्ने नीतिगत व्यवस्था गरेको दिन बैंकहरुको सिडि रेसियो ९१ प्रतिशत पुगेको थियो ।
सोही समयमा नै बैंकरहरुले तरलताको समस्या निक्त्याउने विश्लेषण गरेका थिए ।

अहिले तरलताको हाहाकार हुनुमा पनि सोही व्यवस्था भएको बैंकरहरुको बुझाइ रहेको छ। सो बुदाको परिवर्तनको विषयमा भने नेपाल राष्ट्र बैंक सकारात्मक रहेको राष्ट्र बैंकका अधिकारीहरुको भनाई रहेको छ ।

तर सेयर कर्जाको बारेमा भने राष्ट्र बैंकले परिवर्तन नगर्ने अडान लिएको पाइएको छ । राष्ट्र बैंकले सेयर कर्जामा गरिएको सिमाका कारण नै बैंक तथा वित्तिय संस्थाहरुमा तरलताको समस्या नथपिएको भनाई राख्दै आइरहेको छ ।

तर सो बुदामा पनि परिवर्तन आवश्यक रहेको अर्थमन्त्री तथा अर्थसचिवको भनाई रहेकोले यसबारे पनि राष्ट्र बैंकले पुनर्विचार गर्नसक्ने ति अधिकारीले बताए । उनले भने, अहिले व्यक्तिले जे चाहन्छ त्यो लेखाएर हल्ला मच्चाउने काम भइरहको छ,‘अरुले चाहदैमा राष्ट्र बैंकले नीति परिवर्तन गर्दैन । कहिलेकाही केन्द्रिय बैंकको अध्ययनले साच्चै नै समस्पा परेको देखिएमा भने बैंकले नीतिहरु सच्याउन भने सक्छ ।’ ति अधिकारीले भने ।

वि.सं.२०७८ मंसिर ५ आइतवार १२:३६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...