back
NMB ad

बारले बुधबार देशभरका उच्च अदालतमा प्रदर्शन गर्ने, कोणसभामा कसले के भने ?

Kumari bank ad

काठमाडौं। नेपाल बार एसोसिएसनले ८ मंसिर बुधबार देशभरका उच्च अदालतमा प्रदर्शन गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै बार तीन साताभन्दा बढी समयदेखि निरन्तर आन्दोलनमा छ ।

कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेको आरोप लगाउँदै बारले जबराको राजीनामा मागेको हो । सर्वोच्च अदालत परिसरमा सोमबार भएको कोणसभामा कुन कानुन व्यवसायीले के भने :

चण्डेश्वर श्रेष्ठ : अध्यक्ष, नेपाल बार एसोसिएसन

जबराको पालामा तीन वर्षलगातार अन्याय भएको छ । फेरि एक वर्ष अन्याय हुन दिँदैनौं । गरिबका मुद्दा छोडेर के तपाई निरंकुश हो । के संविधानले निरंकुश हुने अधिकार दिएको छ ? तपाईंले विचौलिया भ्रष्टाचार चाहेको हो ?

गरिबका मुद्दा पन्छाएर बिचौलियाबाट करोडौं उठाएर धनीका मुद्दा हेरिरहेका छन् । अब सेवाग्राही अन्यायमा पर्दैन भनेर आवाज उठाएका छौं ।
८३ हजार कानुन व्यवसायी छौं । ९० इकाइ आन्दोलनमा छन् । इकाइबाट सर्वोच्चमात्र होइन जिल्लामा पनि सुद्धीकरण अभियान चलाउने प्रस्ताव आएको छ ।

हामी अब ज्ञापनपत्र बुझाउन जाँदैछौं । भोलि पनि निरन्तर जारी रहन्छ । राजीनामा नआएसम्म जारी रहन्छ ।

कमल कोइराला, वरिष्ठ अधिवक्ता

प्रजातन्त्रदेखि गणतन्त्र आयो । तर, भ्रष्टाचार रोकिएन । यो देशव्यापी भ्रष्टाचार विरूद्वको आन्दोलन हो । आन्दोलनले प्रधानन्यायाधीशको अधिकार कटौती भयो । सेटिङ रोकियो । न्यायाधीशले नै स्वच्छाको अभियान थाले । गोलाप्रथा ल्याए । न्यायाधीशको पनि साथ छ । भ्रष्टाचारले अन्याय हुन्छ ।

हरिशंकर निरौला, वरिष्ठ अधिवक्ता

आफ्नो इज्जत कसरी राख्ने भनेर इतिहासले मान्छलाई अवसर दिन्छ । अहिले प्रधानन्यायाधीश जबरालाई पनि त्यो मौका छ । सम्मानजनक बहिर्गमनको लागि आग्रह गरेका हौँ । हाम्रो यो आग्रहलाई कमजोर ठानेर जबरजस्ती बस्ने हो भने उहाँको विरूद्वमा हामीले नसोचेको कुरा आउँछ । आम जनता उर्लिन्छन् । त्यसकारण सम्मानजनक बहिर्गमन गर्नुपर्छ । उहाँको आयु लम्ब्याएर न्यायपालिकाको कल्याण हुँदैन ।

शिव रिजाल, अधिवक्ता

हामी शान्तिकर्मी हो । हिंसा चाहँदैनौँ । भ्रष्टाचाररहित न्यायपालिकाका लागि लडिरहेका छौं । निर्भिक स्वतन्त्र र भ्रष्टाचाररहित अभियानमा लाग्न आह्वान गर्छौँ । आज बौद्धिक लडाइँ लडिरहेका छौं । २०६२/०६३ जस्तो कानुन व्यवसायीको लडाइँ गर्ने अवस्था आउँछ । डिफेन्सिभ होइन अफेन्सिभ लडाइँ सुरू गर्नुपर्छ । युवाहरू उतारौं ।

आत्मालोचना गरेर सहज बहिर्गमन गर्नुहुन्छ कि सबै हतकण्डा अपनाएर निकाल्ने अवस्था आउँछ । दलहरू पनि पनि होस गर्नुस् । बन्दी जीवन बिताउने अवस्था नआओस् । होस् गर्नुस् ।

गणेश ओली, अधिवक्ता

न्यायको माग गर्दै हिँड्ने कानुन व्यवसायीमाथिको दमन हो । बुट र लाठी बर्साइयो । हामी तपाईं (जबरा)को दमनबाट पछाडि हट्ने छैनौं ।

डिबी राई अधिवक्ता

राजनीतिजस्तो न्यालय होइन । कालोमोसो दलेर फेरि माला लगाइन्छ राजनीतिमा । तर, न्यायलयको आफ्नै गरिमा छ । तपाईं (जबरा) निर्लज्ज भएर बस्नुहुँदैन । तपाईंको बहिर्गमन सोचेकोभन्दा भयावह र खतरनाक हुन्छ । बारको आन्दोलन बिलाएर जान्छ भन्ने नसोच्नुस् । सुद्धीकरणको अभियान रोकिँदैन ।

वि.सं.२०७८ मंसिर ६ सोमवार १४:०१ मा प्रकाशित

You can share this post!

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:२३

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाण्डौमा...

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...