काठमाडौ । नेपाली सेनाले सोझै डरल साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन–२०७६ संशोधन गरी नेपाली सेनाले वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंक तथा फाइनान्स कम्पनीबाट सोझै विदेशी मुद्राको सटही सुविधा पाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले नेपाली सेनाको हकमा विभिन्न शान्ति मिसनहरुलाई वार्षिकरूपमा विनियोजित रकम बैकिङ उपकरण प्रणालीमार्फत स्थानान्तरण गर्नुपर्द सो पुष्टी हुने कागजातका आधारमा सटही सुविधा दिने व्यवस्था गरेको हो ।
त्यस्तै सो सुविधा नेपाली सेनाले आग्रह गरेमा नगदमा पनि उपलव्ध हुने पनि राष्ट्र बैंकले जनाएको छ ।
वि.सं.२०७८ मंसिर ७ मंगलवार १५:४० मा प्रकाशित