back
NMB ad

गभर्नर अधिकारीले भनेः सिडी रेसियोको व्यवस्थाले वित्तिय क्षेत्र बचाएको छ, सिमित समुहलाई मात्र नकारात्मक प्रभाव

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति मार्फत गरिएको सिडि रेसियो (कर्जा निक्षेप अनुपात)का कारण नै वित्तिय क्षेत्र ठूलो समस्याबाट जोखिएको बताएका छन् ।

काठमाडौमा भएको एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सिडि रेसियोको व्यवस्थाले बैंक तथा वित्तिय संस्थालाई लगाम लगाएकोले उनीहरुले जसरी पनि व्यवसाय बृद्धि गर्ने सोचबाट अगाडी बढ्न नसक्दा गलत दिशामा जानबाट जोगाएर उनीहरुलाई बचाएको दावी गरे ।

उनले भने,‘मुलुकको वित्तीय नीति सिडि रेसियोका कारण सही दिशामा रहन मद्दत पुगेको छ, यसले केही सीमित समूहलाई नकारात्मक प्रभाव परेको हुनसक्छ तर त्यसलाई हेरेर हुन्न, हामीले समग्र अर्थतन्त्रलाई हेर्नुपर्छ ।”

“तरलताको समस्या हामीले हरेक वर्ष कुनै न कुनै किसिमले एउटा सिजनमा भोग्दै आएका छौ।गत वर्ष मात्रै कर्जाको माग कम भएको र रिफाइनान्स प्रशस्त गएको कारण तरलता सहज भएको हो।“ उनले भने । अहिले तरलताको समस्या टार्न राष्ट्र बैंकले अरबौंको तरलता बजारमा पठाएको समेत उनले बताए। यसले सिस्टमलाई र संस्था दुवैलाइ जोगाएको छौ।

भोलि जस्तोसुकै समस्या आए पनि यी सूचकहरुको कारण बचाउन सकिन्छ।कर्जाको ब्याजदर अझै औषतमा ९ प्रतिशतभन्दा कम छ। यो भनेको धेरै ठुलो कुरा हो।“उनले भने । कर्जाको ब्याजदर अझै दोहोरो अंकमा नपुगेकोले आत्तिनुपर्ने अवस्था नआएको उनको भनाई छ।

हरेक वर्ष मंसिर पुसमा बैंकिङ प्रणलीमा तरलताको समस्या देखिने गरेको छ। कर्जाको माग धेरै हुने तर सरकारले समानुपातिक रुपमा बजेट खर्च गर्न नसक्ने कारण यस समयमा तरलता समस्या आउने गर्छ। गत वर्ष भने कारोना महामारीको कारण कर्जाको भाग निकै कम थियो भने बैंकिङ प्रणालीमा निक्षेप संकलन थुप्रिएर बसेको थियो। यसै कारण गत वर्ष बैंकिङ्ग प्रणालीमा अधिक तरलताको अवस्था थियो।

यो वर्ष कर्जाको माग धेरै भएको कारण ब्याजदर केही माथि गएको छ। यसले गर्दा चालु आर्थिक वर्षमा मूल्य बृद्धिमा चाप पर्ने देखिएको समेत गभर्नर अधिकारीले बताए। तर,असोज यता सरकारी खर्च राम्रै भएको समेत उनले बाताए।

 

वि.सं.२०७८ मंसिर ८ बुधवार १७:४९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...