back
NMB ad

आइएमई र जिएमई सहकारीलाई स्पष्टीकरणका लागि बोलायो विभागले, शुक्रबार अनुगमन गर्ने

Kumari bank ad

काठमाडौ । सहकारी विभागले आइएमई र जिएमई सहकारीलाई स्पष्टीकरणका लागि विभागमा बोलाएको छ । सहकारी विभागका रजिष्टार झलकराम अधिकारीले दुवै सहकारीलाई स्पष्टीकरणका लागि विभागका बोलाएको जानकारी दिएका छन् ।

आइएमई सहकारीका प्रमुख कार्यकारी अधिकृत सागर ढकालले आफ्नो सहकारीमा हाथवे इन्भेष्टमेन्टको लगानी नरहेको विभागलाई स्पष्टीकरण दिएका छन् । उनले विभागलाई स्पष्टीकरण दिदै भनेका छन्, ‘हाथवे कम्पनीले करिव ४० हजार जतिको सेयर किनेर सदस्य भएको थियो तर सो सेयर रकम हामीहरुले फिर्ता गरिसकेका छौ ।’

‘हाथवेले आफ्नो सहकारीमा लगानी गरेको उल्लेख गरेको रहेछ त्यो गल्ती भयो, हामीले उसको वेवसाइटबाट आफ्नो सहकारीको नाम हटाउन लगाएका छौ , विभागलाई स्पष्टीकरण दिदै ढकालले भनेको विभागका एक उच्च कर्मचारीले जानकारी दिए ।

उनले आफ्नो सहकारी संस्थाले कुनैपनि अन्तरसहकारी कारोबार नगरेको पनि विभागका रजिष्टार अधिकारी समक्ष बताएका थिए । तर सहकारी विभागले भने आइएमई सहकारीका सिइओ ढकालको कुरामाथि विश्वास गरेको छैन । विभगाले भने शुक्रबार ति दुवै सहकारीमा अनुगमन गर्ने जनाएको छ ।

रजिष्टार अधिकारीले भने, ‘हामीले आज उहाँहरुलाई विभागमा नै बोलाएर स्पष्टीकरण सोध्ने काम गरेका छौ, शुक्रबार थप अनुसन्धानका लागि जादै छौ । अनुगमनबाट आएपछि तथ्यबारे भन्नेछु ।‘
आइएमई र जिएमई सहकारी एउटै ग्रुप आइएमई ग्रुपको हो । ति दुवै सहकारीले सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७४ विपरित निजी कम्पनी हाथवे इन्भेष्टमेन्ट नेपालको लगानी स्वीकारी रहेका छन् भने अन्तरसहकारी कारोबार पनि गर्दै आइरहेका छन् ।

ति दुवै कम्पनीले सहकारीको ऐन र विनियावली विपरित कारोबार गरेको भन्दै अर्थतन्त्रले समाचार प्रकाशित गरेपछि विभागका रजिष्टार अधिकारीले स्पष्टीकरणको लागि विभागमा बोलाएका हुन् ।

रजिष्टार अधिकारीले भने, ‘सहकारीको ऐन विपरित ति दुवै कम्पनीले कारोबार गर्दै आइरहेको समाचार आएपछि हामीले स्पष्टीकरणका लागि विहिबार विभागमा नै बोलाएका हौ, उहाँहरुको स्पष्टीकरणमा चित्त नबुझेर भोलि अनुगमनका लागि सहकारीमा नै जानेछौ,कानुन विपरित काम गरेको पाइएमा कानुन अनुसार कारबाही प्रकृया अगाडी बढाउँछौ ।’

र यो पनि 

https://www.arthatantra.com/ime-and-gme-cooperatives-doing-illegal-investment-and-business

वि.सं.२०७८ मंसिर ९ बिहीवार १४:२७ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...