back
NMB ad

राउटेको जनसंख्या १४४ पुग्यो

Kumari bank ad

सुर्खेत । फिरन्ते जीवन बिताउँदै आएका राउटेहरूको संख्या बढेको छ । पछिल्लो समय यो समुदायमा मृत्युदर बढी रहे पनि जनसंख्यामा पनि वृद्धि भएको देखिएको छ । जारी जनगणनामा उनीहरूको गणना भएको हो ।

स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा रहेको यो समुदाय कर्णाली प्रदेश र आसपासका जङ्गलमा फिरन्ते जीवन बिताउने नेपालकै अति लोपोन्मुख जाति हो । यो समुदाय दुई महिनाअघि मात्रै सल्यानको पश्चिम बनगाड कुपिन्डे नगरपालिका-१ वालुबासग्रही बाँगीरह हुँदै भेरी किनारदेखि एक सातामै सोही वडाको घाटगाउँमा बसाइँ सरेको थियो । उक्त समय ४६ घरधुरी रहेका राउटेको संख्या १४१ थियो ।

एक सातायता राउटेहरू नगरको वडा नम्बर ३ काँरागाउँमा सरेका छन् । सोही क्षेत्रमा बसाइ सरेका राउटेको पनि गणना भएको हे । यो क्रममा राउटेको संख्या १४४ पुगेको छ । ७५ महिला र ६९ पुरुष गरी १४४ पुगेको गणक टोलीले बताएको छ । राउटे समुदायमा पुगेर गण टोलीले दुई दिन लगाएर गणना गरेको हो । राउटे बस्तीमा उनीहरूको विवरण संकलन गर्न दुई दिन लागेको स्थानीय जनगणना अधिकारी धर्मराज ढकालले बताए ।

खानपानको शैली बदलियो

पहिलेको तुलनामा अहिले राउटेको खानपिनको शैलीमा परिर्वतन आएको छ । पहिले वन जंगलमा पुग्दै वनको कन्दमूल खाने, बाँदरको सिकारलाई उसिन्ने, भातमा पानी बढी हालेर नुन छर्केर खाने गर्थे आजभोलि यसरी खान छोडेका छन् । योसँगै उनीहरूको बस्ने शैलीमा पनि परिर्वतन भएको छ । पहिले पहिले बाक्लो समाज मन नपराउने र समाजका मानिसहरूबाट टाढा रहने यो समुदाय आजभोलि समुदाय नजिक बसोबास गर्न थालेका छन् ।

गत मंसिरयता १८ राउटेको मृत्यु

लोपोन्मुख राउटे समुदाय सल्यानमा बसाइँ सरेपछि उनीहरूको मृत्युदरमा केही कमी आएको छ । गतवर्ष मंसिरदेखियता मात्र १८ राउटेको मृत्यु भएको थियो । पछिल्लो समयमा मयो शाही, दलबहादुर शाही, मानसिंह शाही, शिवराज शाही, कान्छाराम शाही, कपिल शाहीको मृत्यु भएको छ । अत्यधिक मदिरा सेवनका कारण अकालमा धेरै राउटेको ज्यान गइसकेको छ । एकातिर मदिराको अत्यधिक सेवन र अर्कोतिर बिरामी हुँदा स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्दा मृत्युदर बढेको देखिन्छ ।

गणनामा केहीको संख्या बढेको भए पनि वर्षेनी राउटेको संख्या घट्दो छ । सरकारले दिने भत्ता उनीहरू रक्सीमा खर्च गर्ने गरेको देखिन्छ । आफ्ना समुदायका सदस्यको मृत्यु हुनासाथ बस्ती छाड्ने प्रचलनका कारण यो समुदाय छिटो छिटो बसाइँ सर्ने गर्छ ।

दुई महिनामै १० ठाउँमा सरे

जंगलमा फिरन्ते जिवन बिताउदै आएको राउटेहरु पछिल्लो दुइ महिनामा मात्र १० वटा ठाउँमा सरिसकेका छन् । पछिल्लो दुई महिनामै उनीहरु १० ठाउँमा बसाइँ सरिसकेका छन्। उनीहरुको रुढिवादी चिन्तनका कारण राउटेको गणना गर्न सहज भने थिएन । यद्यपी लामो प्रयास गरेर गणक टोलीले राउटेको गणना गरेको हो ।

वि.सं.२०७८ मंसिर ९ बिहीवार १५:५३ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...