back
NMB ad

संयुक्त राष्ट्र संघद्धारा विकासशील राष्ट्रमा स्तारोन्नति हुने प्रस्ताव पारित,५० बर्षपछि विकासशील राष्ट्र बन्ने भयो नेपाल

Kumari bank ad

काठमाडौ । संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्ले महासभामा आगामी सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्ताव पेश गरेको थियो । संयुक्त राष्ट्रसंघको महासभाले सोमबार सो प्रस्ताव पारित गरेको हो ।

नेपालले आगामी पाँच वर्षभित्र अर्थतन्त्रको संरचनागत परिवर्तनका लागि आफ्ना तर्फबाट सम्पूर्ण प्रक्रिया पूरा गर्न प्रतिबद्ध रहेको जनाएको छ । नेपालले विकासशील राष्ट्र भएपछि थपिनसक्ने चुनौतिलाई सम्बोधन गर्न समेत नेपालले आग्रह गरेको संयुक्त राष्ट्रसंघ नेपाली स्थायी नियोगले जानकारी दिएको छ । नियोगका अनुसार चुनौतिलाई सम्बोधन गर्नका लागि नेपालले विकास साझेदार संस्थाहरुसँग छलफल गरेर एउटा निर्णयमा पुग्ने छ ।

नेपालले यसअघि दुई पटक विकासशी राष्ट्रमा स्तारोन्नति हुने मौका गुमाइसकेको छ । सन् २०१५ र २०१८ मा पनि नेपालले स्तरोन्नतिको मापदण्ड पूरा गरेको थियो तर तत्कालीन अवस्थामा भूकम्पका कारणले अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गर्नुपरेको भन्दै यो प्रस्तावसम्बन्धी कार्यलाई नेपालकै आग्रहमा पछि सारिएको थियो । राष्ट्रसंघमा सन् १९७१ मा सुचिकृत भएको नेपालले ५० बर्षपछि आफूलाई विकासशील राष्ट्रमा सुचिकृत गराउन सफल भएको छ ।

 

वि.सं.२०७८ मंसिर ९ बिहीवार १६:२३ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...