back
NMB ad

नबिल बैंकको ‘स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ कार्यक्रम देशैभर सुरु

Kumari bank ad

काठमाडौं । नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप कार्यक्रम शुक्रबारदेखि सुरु भएको छ । नबिल बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय स्कुल अफ म्यानेजमेन्टसँग यो कार्यक्रमको सम्झौता गरेर सुरुवात गरेको हो ।

सो कार्यक्रमममा दुईवटा स्कीम रहेको छ । पहिलो सामाजिक उद्यमशीलता प्रमाणपत्र र अर्को फेलोशिप कार्यक्रम । पहिलो कार्यक्रमको लागि देशभरका सातवटै प्रदेशको एक एक वटा क्याम्पससँग नबिले बैंकले सम्झौता गरिसकेको छ ।

कलेजबाट सामाजिक उद्यमशीलता सम्बन्धी कक्षा दिइने छ । जसबाट प्रत्येक बर्ष ७०० विद्यार्थीहरु सामाजिक उद्यमी बन्ने लक्ष्य राखेको नविल बैंकका प्रमूख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिए ।

‘यस कार्यक्रम गर्नुको मुख्य उदेश्य नै प्रत्येक बर्ष ७ सय नेपाली युवाले सामाजिक उद्यामको प्रमाणपत्र पाउनेछन् भने फेलोसिप कार्यक्रम भने आवासीय तालिम हो,’ सिइओ शाहले भने ।

त्यस्तै बैंकले प्रदान गरेको दुवै कार्यक्रम सकेपछि सामाजिक उद्यमको मोडलमा विजनेश गर्नका लागि नविलले ऋण दिने व्यवस्था गरेको छ । यो कार्यक्रममा १८ देखि ५० बर्षभित्रका मानिसहरु सहभागि हुन सक्नेछन् ।

बैंकका अनुसार तालिम अविधभर आवाज तथा खानाको व्यवस्था हुने पनि जनाएको छ । बैंकले प्रदेश १ मा महेन्द्र मोरङ क्याम्पस, प्रदेश २ मा वीरगंज पब्लिक कलेज, वागमती प्रदेशमा क्याम्पियन कलेज, गण्डकीमा पोखरा विश्वविद्यालय, कर्णालीमा सुर्खेत मोडल कलेज र सुदूर पश्चिमको सुदूर पश्चिमाञ्चल एकेडेमीसँग सो कार्यक्रमको लागि सम्झौता गरिसकेको छ ।

कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र पौडेल, उपाध्यक्ष निर्वाणकुमार चौधरीसँगै डेपुटी सीइओलगायत उच्च व्यवस्थापनका पदाधिकारीहरुको पनि उपस्थिति थियो।

वि.सं.२०७८ मंसिर १० शुक्रवार १६:२८ मा प्रकाशित

You can share this post!

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५२

मनहरी (हेटौँडा) २३ वैशाख : बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले...