back
NMB ad

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

Kumari bank ad

काठमाडौं । आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ । उक्त दिन बजार ८०.२९ अंकले घटेको छ ।

२.९४ प्रतिशतले बजार घटेको उक्त दिन परिसुचक २६५१.४९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

उक्त दिन सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको सेयर कारोबार भएको छ । आज बैंकको २९ करोड ८१ लाख ९१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको ४ लाख ४९ हजार १२९ कित्ता सेयर खरिदबिक्री भएको हो । बैंकको सेयर मूल्य भने ६५२ रुपैयाँ कायम भएको छ ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २३ करोड ४८ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

नेप्सेका अनुसार आज कम्पनीको १ लाख ७१ हजार २६७ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य १ हजार ३६५ रुपैयाँ पुगेको छ ।

यस्तै, उक्त दिन सर्वाधिक कारोबार हुने तेस्रो स्थानमा नेशनल हाइड्रोपावर कम्पनी रहेको छ । आज कम्पनीको २२ करोड ८५ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन कम्पनीको ५ लाख ४० हजार ८७८ कित्ता सेयर खरिदबिक्री भएको हो । आज कम्पनीको सेयर मूल्य भने ४०९ रुपैयाँ कायम भएको छ ।

 

वि.सं.२०७८ मंसिर १२ आइतवार १५:३७ मा प्रकाशित

You can share this post!

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५३

घोराही, २९ वैशाख: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको...

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...