back
NMB ad

सभापति पदमा ५१ प्रतिशत मत नआएपछि बागलुङमा पुनः मतदान

Kumari bank ad

बागलुङ । नेपाली कांग्रेस बागलुङको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा सहभागी कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त नगरेपछि पुनः मतदान सुरु भएको छ ।

कांग्रेसको विधान २०१७ (संशोधनसहित) १२ (५)सभापति पदको निर्वाचनमा विजयी हुन खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्नेछ प्रावधान छ ।

निर्वाचनमा सहभागी जगदीशचन्द्र उपध्याय, जीत शेरचन र द्रोण कुँवर पहिलो चरणको निर्वाचनमा सहभागी भएका थिए । मुख्य निर्वाचन अधिकृत विष्णुुप्रसाद शर्माका अनुसार उपाध्यायले सात सय ९०, शेरचनले ६ सय ८६ र कुँवरले एक सय ६४ मत प्राप्त गरेका छन्। शनिबार सम्पन्न पहिलो चरणको निर्वाचनमा कुल एक हजार ६ सय ८५ मत खसेको थियो ।

विधानअनुसार सभापति पदको पहिलो चरणको निर्वाचनमा कसैले पनि पचास प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुईजना उम्मेदवार बीचमा पुनः मतदान गरी बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछ । तर, पहिलोपटक नै दुई जना मात्र उम्मेदवार भएमा, बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तीन जना उम्मेदवार भएको हुँदा पुनः मतदान गर्नुपरेको मुख्य निर्वाचन अधिकृत शर्माको भनाइ छ ।

दोस्रो चरणको निर्वाचनमा सभापतिको उम्मेदवाार द्रोण कुँवरले सभापतिका अर्का उम्मेदवार जित शेरचनलाई सहयोग गर्ने घोषणा गरेका छन् । सभापतिका उम्मेदवार उपाध्याय कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, शेरचन पार्टी सभपति शेरबहादुर देउवा र कुँवर पनि देउवा निकट हुन् ।

अन्य पदाधिकारीको भने मतदान सम्पन्न भएको छ । आइतबार सभापतिका लागि मतदान भएपछि मात्रै अन्य मतगणना सुरु हुनेछ । अधिवेशनमा उपसभापतिमा उपाध्यायको समूहबाट नारायण शर्मा र तारानाथ पौडेल, शेरचन समूहबाट खिमानन्द पौडेल र सागर छन्त्याल तथा स्वतन्त्र रूपमा महेन्द्र आचार्य र पूर्णबहादुर पौडेल निर्वाचनमा सहभागी भएका छन् । सचिवका लागि उपाध्याय समूहबाट हरिहर शर्मा र कृष्ण केसी, शेरचन समूहबाट चिरन्जिवी गौतम र गण्डकी थापा निर्वाचनमा सहभागी छन् ।

वि.सं.२०७८ मंसिर १२ आइतवार १५:५१ मा प्रकाशित

You can share this post!

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:४२

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा...

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३४

रसुवा, ४ जेठ : नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ...

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३०

कीर्तिपुर (काठमाडौँ), ४ जेठ : वरिपरि बोर्डिङ स्कूल नभएका होइनन्...

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:०५

काठमाडौं। नेपाल राष्ट्र बैंकले जोखिमभार १०० प्रतिशतमा झारेको छ ।...

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५८

महोत्तरी, ४ जेठ : प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ...