back
NMB ad

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा निक्षेप संकलनको लागि लचिलो व्यवस्था गरेको छ । सोमबार केन्द्रिय बैंकले निर्देशन जारी गर्दै बाणिज्य बैंकहरुलाई गैरआवासिय नेपालीबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्नका लागि सहज बनाइदिएको हो ।

राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको त्रैमासिक समिक्षामा गैर आवसीय नेपालीहरुको निक्षेप विदेशी मुद्रामा नै गर्न दिने घोषणा गरेको थियो । सोही अनुसार सोमबार निर्देशन जारी गरेको हो ।

निर्देशन अुनसार अव बाणिज्य बैंकहरुले थप दुई देशको मुद्रामा पनि निक्षेप लिन पाउने भएका छन्। यसअघि अमेरिकी डलर, यूरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर वा क्यानेडियन डलरमा मात्र निक्षेप संकलन गर्न पाउने व्यवस्था थियो अव भने थप दुई देशको मुद्रा जापनिज ऐन र चिनीया युआनमा पनि निक्षेप संकलन  गर्न पाउने भएका छन् ।

त्यस्तै यसअघि दुई बर्षको मुद्धति निक्षेप अनिवार्य राख्नुपर्ने व्यवस्थालाई थप लचिलो बनाएर एक वर्षे अवधिको मुद्दति निक्षेप खाता खोल्न पाउने व्यवस्था गरिएको छ । मुद्दति खातामा रकम प्राप्ती र फिर्ता बैंकिङ प्रणालीबाट गर्नुपर्ने निर्देशनमा व्यवस्था गरिएको छ ।

त्यस्तै पहिले न्युनतम १० हजार डलर खातामा अनिवार्य रहनुपर्ने व्यवस्था भएकोमा अहिले सो व्यवस्था परिवर्तन गरी ५ हजार कायम गरिएको छ भने विदेशी मुद्रामा खाता खोल्ने ग्राहकको ग्राहक पहिचाहन भने अनलाईन माध्यमबाट समेत गर्न सकिने व्यवस्था गरिएको छ ।

बैंकिङ प्रणालीमा तरलता अभाव भएसँगै निक्षेप बढाउनका लागि राष्ट्र बैंकले गैर आवासिय नेपालीबाट विदेशी मुद्रामा निक्षेप ल्याउने प्रावधानलाई लचिलो बनाएको हो ।

वि.सं.२०७८ मंसिर १३ सोमवार २१:४६ मा प्रकाशित

You can share this post!

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...