back
NMB ad

मनकामना केबुलकार ४ दिनको लागि बन्द

Kumari bank ad

काठमाडौं । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको स्तरोन्नतीका लागि आइतबार देखि चार दिनका लागि केवुलकार सेवा बन्द गर्ने भएको छ ।

जस अनुसार केवुलकारको सेवाआउँदो पुस ४ गतेदेखि ७ गते सम्मका लागि बन्द रहनेछ।मर्मत संभार सकिएपछि पुस ८ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुरुवात गर्ने कम्पनीले जनाएको छ।

उक्त अवधिभरी केवलकार बाट स्टेशन र रेष्टुरेण्ट सेवा भने यथावत हुनेछ। कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको हो।

लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरु पाउनै मुस्किल हुँदै गए पछि यसलाई स्तरोन्नति गर्न लागिएको हो। साथै केबलकारको लठ्ठा, ग्रिप लगायतका उपकरणहरु पनि स्तरोन्नति गर्ने जनाइएको छ।

चालु आर्थिक वर्षबाटै केवलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको छ। कम्पनीका अनुसार केवलकारको भवन, टावर, गोन्डोला, बुल ह्वील लगायत उपकरण भने साबिककै रहनेछ।यो सबै स्तरोन्नति सम्पन्न भए सँगै मनकामना केवलकार मुलुककै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको हुनेछ।

वि.सं.२०७८ पुस १ बिहीवार १२:१८ मा प्रकाशित

You can share this post!

जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै   

जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १३:०८

तनहुँ, ३१ वैशाख : जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १२:०३

काठमाडौँ, ३१ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना...

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा उछाल, खुद बीमाशुल्क पनि बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा उछाल, खुद बीमाशुल्क पनि बढ्यो

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:५५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो...

भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु   

भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:४२

नयाँदिल्ली, ३१ वैशाख : भारतको तल्लो सदन लोकसभाको चौथो चरणको...

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी   

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:३७

प्रकाश सिलवाल काठमाडौँ, ३१ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले...

उपप्रधानमन्त्री यादवद्वारा राजीनामा   

उपप्रधानमन्त्री यादवद्वारा राजीनामा   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:२०

काठमाडौँ, ३१ वैशाखः उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र...