back
NMB ad

नेपाली युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको विशेष समारोह बीच घोषणा

Kumari bank ad

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (NYEF)ललितपुर च्याप्टरको औपचारिक MOU हस्ताक्षर कार्यक्रम युवा उद्यमीहरूलाई सकारात्मक व्यापारिक सोच र दृष्टिकोणलाई सशक्त बनाउने उद्देश्यले १५ डिसेम्बर २०२१ बुधवार बावर्ची होटेल, बबरमहलमा आयाजना गरिएको थियो।
आभूषण ज्योति कंसाकारको अध्यक्षतामा १० सदस्यीय समिति गठन गरिएको छ जसमा राज श्रेष्ठ प्रथम उपाध्यक्ष र सुमित श्रेष्ठ दोस्रो उपाध्यक्ष हुनुहुन्छ ।

सो अवसरमा एनवाईईएफको राष्ट्रिय गभर्निङ काउन्सिल र नवगठित ललितपुर च्याप्टरबीच एमओयू आदानप्रदान भएको थियो । उक्त एमओयूमा राष्ट्रिय गभर्निङ काउन्सिल (एनजीसी) का तर्फबाट एनजीसीका अध्यक्ष उदीप श्रेष्ठ र ललितपुर च्याप्टरका तर्फबाट अध्यक्ष आभूषण ज्योति कंसाकारले हस्ताक्षर गरेका थिए । नयाँ कार्यसमितिमा मनिष थापा, रोविन झा, शिकार पाण्डे, एल्विस रञ्जित, निरज अग्रवाल, बिलशा श्रेष्ठ, विश्वास अधिकारी रहेका छन् ।

समारोहमा एनजीसीका अध्यक्ष उदीप श्रेष्ठले एनवाईईएफको संक्षिप्त परिचय प्रस्तुत गर्नुभएको थियो भने एनजीसीका च्याप्टर उपाध्यक्ष श्री सुमोदमान सैंजुले अध्यायको दिशानिर्देशका साथै अगाडि बढ्नका लागि आवश्यक उद्देश्य र भविस्यमा पालना गर्नु पर्ने कामहरुको व्याख्या गर्नु भयो। साथै ललितपुर च्याप्टरका नवनिर्वाचित अध्यक्ष कंसाकारले आफ्नो कार्यकालको भावी योजनार उद्देश्य व्यक्त गर्नुभएको थियो ।

उहाले आफ्नो कार्यकालका लागि औपचारिक रूपमा कार्यकारी समिति गठन भएको कुरा प्रस्तुत गर्दै विभिन्न उत्तरदायित्व र जिम्मेवारीहरूको रूपरेखा पनि प्रस्तुत गर्नुभयो । च्याप्टरकोऔपचारिकउद्घघाटन कार्यक्रम र विशेष समारोहका लागि जनवरी २०२२ को पहिलो हप्ताको लागि गर्ने तय भएको छ ।

वि.सं.२०७८ पुस २ शुक्रवार १५:५९ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...