back
NMB ad

अर्थतन्त्र खतरामा, राष्ट्र बैंकको डलर सन्चितिको लक्ष्य नै न्युन

Kumari bank ad

शर्मिला ठकुरी

काठमाडौं । विदेशी विनिमय सन्चिति यतिवेला खुम्चदै गइरहेको छ । उच्च व्यापार घाटा र रेमिट्यान्स आप्रवाह घट्दै गएपछि देशको विदेशी मुद्रा संचितीमा दबाब बढ्दै गएको छ ।
विदेशी मुद्रा संन्चिति घट्दै जादा देशको आयात धान्नमा नै समस्या पैदा हुन थालेको छ। विदेशी विनिमय सन्चितिमा थप दवाव पर्दै गयो भने यसले देशको आर्थिक क्षेत्र नै ध्वस्त बनाउन सक्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको चार महिनामा कुल विदेशी विनिमय संचितीमा ११ प्रतिशतले कमी आई १२ खर्ब ४४ अर्ब ८५ करोड कायम भएको छ । जुन असार मसान्तको तुलनामा १ खर्ब ५४ अर्ब १८ करोड रुपैयाँ कमी हो ।

सो रकमले ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार असारमसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड रुपैयाँ बराबर विदेशी मुद्रा सन्चिति रहेको थियो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति जारी गर्दा ७ महिनाको बस्तु तथा सेवा खरिदका लागि पुग्ने विदेशी विनिमय सन्चितिको लक्ष्य निर्धारण गरेको छ ।

राष्ट्र बैंकले लक्ष्य निर्धारण नै न्युन गरेको तर्क राख्छन् नेपाल राष्ट्र बैंकका पुर्व कायकारी निर्देशक डा.मीन बहादुर श्रेष्ठ । उनका अनुसार नेपाल जस्तो अस्थिर मुलुकले कम्तीमा ८ महिनाको बस्तु तथा सेवा खरिदको लागि विदेशी मुद्रा सन्चितिको लक्ष्य राख्नुपर्ने थियो ।

अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ्)ले पनि नेपालजस्तो देशमा कम्तीमा पनि ८ महिनाको बस्तु तथा सेवा खरिद गर्नका लागि चाहिने विदेशी मुद्राको सन्चिति राख्नुपर्ने बारम्बार निर्देशन दिइरहेको छ ।  तर नेपालले भने चालु आर्थिक बर्षको बार्षिक लक्ष्य नै ७ महिनाको राखेको र त्यो कम भएको डा. श्रेष्ठको भनाई रहेको छ ।

उनका अनुसार मंसिर महिनाको तथ्यांक बाहिर नआएपछि मुद्रासन्चिति लक्ष भन्दा तल गइसकेकोले देश आर्थिक समस्यामा फसेको उनको भनाइ छ । चालु आर्थिक बर्षको पहिलो चार महिनामा नै विदेशी मुद्रा सन्चितिका लागि राष्ट्र बैंकले राखेको लक्ष्य छोइसकेको छ । मंसिर महिना पनि सकिएकोले विदेशी मुद्रा सन्चितिको थप दबावमा राष्ट्र बैंक रहेको छ ।

बर्षभरी यही रफ्तारमा गयो भने भारतले भोगेको सन् १९९१ को आर्थिक समस्या नेपालले पनि भोाग्न सक्ने अर्थविद्हरुको भनाई रहेको छ । सन् १९९१ जनवरी महिनामा भारतमा जम्मा ७ दिनको पेट्रोलको आयातका लागि मात्र पुग्ने डलरको सन्चिति रहेको थियो ।

डलर ल्याउनका लागि उनीहरुले आफूसँग भएको सुनलाई अन्तराष्ट्रिय बैंकहरुमा धितो राखेका थिए भने आइएमफ्बाट ऋण पनि लिएका थिए । तर सो उपाय लामो समय टिक्न नसकेपछि भारत सरकारले आफ्नो मुद्रा अवमुल्यन गरेर उदारवादी अर्थतन्त्र अँगालेको थियो । जसका कारण भारतमा विदेशी लगानीहरु आउन थाले र डलरको समस्या समाधान भयो । नेपालले पनि सोही समस्या व्यहोर्ने सम्भावना देखिन थालेकोछ ।

त्यस्तै अर्का अर्थशास्त्री चन्द्रमणि अधिकारी देशको विनियम संचिती खतरा नजिक पुगेको बताउँछन् । ‘६ महिनाभन्दा कमको आयात धान्ने मुद्रा संचिती खतराको सूचक हो,’ उनले भने, ‘हाम्रो अर्थतन्त्रको सूचकले खतराको संकेत गरेकाले बेलैमा सचेत हुन आवश्यक छ ।’ मुद्रा संचिती घट्दै गएपछि नेपाल राष्ट्र बैंकले चाँदी आयातमा कडाइ गरिसकेको छ । कोभिड महामारीका कारण आयात कम हुँदा गत वर्ष पुसमा विदेशी विनिमय संचिती १५ खर्ब नाघेको थियो ।

व्यापारघाटा बढ्दै जानु नै बैदेशिक मुद्रा संन्चितिमा ह्रास आउने प्रमुख कारण हो, त्यस्तै पछिल्लो समयमा रेमिट्यान्समा आएको कमीले पनि यसमा थप मद्धत पुगेको हो । डलरको सन्चिति घट्दा यसको नकारात्मक असर (चेनइफेक्ट) सम्पुर्ण क्षेत्रमा पर्दछ ।

कोरोनाका कारण व्यापार व्यवसाय ठप्प भए, जव चल्न थाले तव माग एक्कासी ह्वात्तै बढ्यो जसका कारण आयातमा बृद्धि भयो तर कोभिडमा औपचारिक च्यानलबाट आएको रेमिट्यान्स हुन्डी तथा सामानहरु आयाततर्फ मोडियो जसका कारण रेमिट्यान्समा पनि कमी आएको डा.श्रेष्ठको बुझाइ रहेको छ ।

उनी भन्छन्, ‘विदेश जानेहरुको संख्यामा आएको कमीका कारण रेमिट्यान्समा कमी आएको गलत व्याख्या भइरहेको छ, तर विदेशमा बस्ने कामदारहरु उही रहेका छन् उनीहरुले पठाउने रकम मात्र बैकिङ च्यानलबाट आएन यता पाउनेले पनि उति नै रकम पाइरहेका छन् ।

“विस्तारै कोभिडको असर कम हुदैगएपछि चहलपहल बढेसँगै व्यापार बढ्न थाल्यो, न्युन विजकीकरण गर्नेहरुले हुन्डीको रकम चलाउन थाले, जसले हुन्डी कारोबार फस्टाउन थाल्यो साथै सुनको अवैध कारोबार मौलाउन थालेपछि रेमिट्यान्सको आप्रबाहमा कमी आएको हो।” उनले भने ।
समस्या समाधानमा तत्काल कदम चाल्नुपर्छ

सरकारले आइएमएफ्बाट पनि विदेशी मुद्राको सन्चितिको दवावलाई कमगर्न कालागि ४८ अर्ब रुपैयाँ बराबरको सहायता आइएमएफ्सँग मागेको छ । त्यस्तै केहीदिन अगाडी एक करोड ८० लाख डलर ऋण लिनका लागि वार्ता टोली नै गठन गरेको छ । यसबाट अल्पकालीन रुपमा समस्या समाधान भएपनि यो दीर्घकालीन भने होइन ।

डा.श्रेष्ठका अनुसार सरकारले तत्काल नीतिगत हस्तक्षेप गरेर समस्याको समाधान गर्नु जरुरी देखिन्छ । अहिले पनि देशको अर्थतन्त्र खतरा उन्मुख रहेको बताउँदैन उनले भने ,‘यदी सरकारले तत्काल नीतिगत हस्तक्षेप नगरे अर्थतन्त्र भड्खालोमा पर्नेछ । मलाई विश्वास छ सरकारले समस्याको समाधानको उपाय खोजीरहेको छ र खोज्छ पनि । ’

त्यस्तै उनले विलासीताका बस्तुहरुको आयातमा रोक लगाउने, हुन्डी, सुनतस्करीहरुलाई पक्राउ गर्ने, निर्यातलाई प्रोत्साहन गर्ने, रेमिट्यान्सलाई औपचारिक बाटोबाट ल्याउन थप प्रयासहरु गर्ने, बैदेशिक लगानीकालागि सहज वातावरण बनाउने जस्ता कामहरु गर्न सकेमा बैदेशिक विनिमय सन्चितिको समस्या समाधान हुने बताए।

नेपालले आइएमएफ्बाट पनि जति भन्यो उति ऋण लिन पाइदैन । आइएमएफ्ले नेपालको लागि तीनवटा स्कीममा कर्जा दिने गरेको छ । तिनवटै स्कीमका शर्तहरु फरक फरक हुने गरेको र तिनवटैमा रकमको लिमिट रहेको आइएमएफ्ले जनाएको छ।

र यो पनि

डलर सन्चिति समस्याः नरसिंह राव,मनमोहनसिंह बन्न सक्लान् देउवा र शर्मा ?

 

वि.सं.२०७८ पुस ५ सोमवार १०:१५ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...