back
NMB ad

गर्भमै मृत बच्चा बोकेर बित्यो २१ दिन !

Kumari bank ad

काठमाडौं ।  बाजुरा साप्पटा ८ की ३२ वर्षीय मिठु नेपाली गत २९ जेठमा भर नजिकै जंगलमा दाउरा बोक्न गइन् ।
पेटमा नौ महिनाको गर्भ थियो , जंगलमै उनी लडिन् ।
परिवारका सदस्यले जसोतसो गरी बोकेर घर ल्याए । घरमा उनी निरन्तर बिरामी परेपछि सुत्केरी व्यथा ठानियो । बिरामी परेको दुई दिनपछि अर्थात ३१ जेठमा एक दिनको दूरीमा रहेको साप्तापा स्वास्थ्य चौकी पुर्‍याइयो । स्वास्थ्यकर्मीले सुत्केरी व्यथा लागेको तर लडेका कारण बच्चालाई असर परेको हुन सक्ने बताए ।

आर्थिक अवस्था दयनीय भएका कारण जिल्ला अस्पतालसम्म पुर्‍याएर सुत्केरी गराउने क्षमता उनका श्रीमान् पासवान नेपालीसँग भएन । त्यसपछि दुईै दिन मिठु घरमै व्यथा सहेर बस्न बाध्य भइन् ।

बेथाले च्याप्दै लगेपछि एक सातापछि मिठुलाई गाविस नजिकै सञ्चालित स्वास्थ्य शिबिरमा लगियो । त्यहाँ किचकित्सकले अल्ट्रासाउन्ड गरेपछि बच्चा पेटमै मरेको थाहा भयो । डाक्टरहरुले बच्च मििरसकेको र आमो समते ज्यान जोखिममा रेको औंल्याउँदै तत्काल उपचारका लागि सदरमुकाम मार्तडी लैजान सुझाव दिए । उनले जसोतसो ऋण गरेर २० हजार जम्मा गरे र जिल्ला अस्पताल लगे । त्यहाँ  स्त्रीरोग विशेषज्ञ डा। राजन न्यौपानेले शल्यक्रिया गरेर बच्चा निकाले ।

जब बच्च निकालियो, तब पासवानले आँखै अगाडि देखे मरेको बच्चा । मिठुको पेटमा नै महिनासम्म सकुशल हुर्किएको छोरीको २१ दिन अघि नै पेटमै मृत्यु भइसकेको रहेछ । लड्नासाथ तत्काल उपचार गर्न सकिएको भए बच्च बाँच्न सक्ने डाक्टरहरुले बताए । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशितः २०७३ असार १९

वि.सं.२०७३ असार १९ आइतवार १०:२० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...