back
NMB ad

सहकारीका ग्राहकले सनराइज बैंकको डेबिट कार्ड पाउने, भारत र भुटानमा पनि प्रयोग गर्न मिल्ने

Kumari bank ad

काठमाडौं । सनराइज बैंकले सहकारीका ग्राहकहरुलई डेबिड कार्ड दिने भएको छ । बैंकले बुधबार एक कार्यक्रम आयोजना गर्दै सहकारीका ग्राहकहरुले पनि भिसा डेविट कार्डमार्फत् भुक्तानी पाउने व्यवस्था गरेको जनाएको हो ।

बैंकले भिसा ब्रान्डअन्तर्गत सहकारी संस्थाका ग्राहकको लागि ‘को–ब्रान्ड’ जारी गरी यस्तो सेवा सुरु गरेको हो । यसको लागि बैंकले कोसिस सफ्टवेयर, आइमार्क प्रालि र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)सँग सहकार्य गरेको छ ।

सनराइज बैंकले दिने यस्तो कार्ड सनराइजकै स्वामित्वमा रहेको बैंक आइडेन्टिफिकेसन नम्बर अन्तर्गत जारी हुनेछ । ती कार्डहरू सम्बन्धित सहकारी संस्थामा रहेको कार्डवाहकको खातामा सोझै लिंक हुने छ ।

कार्यक्रममा बोल्दै बैंकका सिईओ सुमन शर्माले ४ वर्षको प्रयासपछि सहकारीमा भिसा डेविड कार्ड प्रयोगमा ल्याउन सफल भएकोमा खुसि व्यक्त गरे । नेपाल राष्ट्र बैंकले चालु आवमा जारी मौद्रिक नीति मार्फत घोषणा गरेको ‘सहकारीका ग्राहक समक्ष समेत विद्युतीय भुक्तानी सेवा पुर्याउन प्रोत्साहन गरिनेछ’ लाई समेत मध्यजनर गर्दै बैंकले यो सेवा सुरु गरको सिईओ शर्माले जानकारी गराए । यस कार्यक्रमबाट बैंकिङ क्षेत्रभन्दा बाहिर रहेका सीमान्तकृत बहुसंख्यक जनसंख्या लाभान्बित हुने हुँदा वित्तीय समावेशीतामा योगदान पुग्ने उनको भनाई छ ।

भिसा ब्राण्ड अन्तर्रगत सहकारी संस्थाका ग्राहकहरुलाई भिसा डेबिट कार्ड जारी गर्ने यो परियोजना समग्र दक्षिण एशियामानै पहिलो अभ्यास हो । भुक्तानी कार्डको क्षेत्रमा यस परियोजनाले नेपाल मात्र नभई समग्र दक्षिण एशियाकै मार्गदर्शन गर्ने बैंकद्धरा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त भिसा कार्ड भुटान र भारतमा पनि प्रयोग गर्न सकिन्छ । कार्ड जारी गर्न इच्छुक रहेका सहकारी संस्थाहरुले प्राविधिक सेवा प्रदायक पायोनियर एसोसिएट्स प्रालि वा बैंकमा सम्पर्क राखी सेवा प्राप्त गर्न सक्ने छन् ।

वि.सं.२०७८ पुस ८ बिहीवार ११:२२ मा प्रकाशित

You can share this post!

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...