back
NMB ad

जेम्स वेब टेलिस्कोपः जसले पत्ता लगाउनेछ ब्रह्मान्डको रहस्य

Kumari bank ad

एजेन्सी । ब्रह्मान्डको पहिलो तारा खोज्ने लक्ष्यसहित जेम्स वेब टेलिस्कोप अन्तरिक्ष यात्रामा निस्किएको छ । एरियन रकेटमार्फत अमेरिकी अन्तरिक्ष निकाय नासाले सो टेलिस्कोप प्रक्षेपण गरेको हो । यसलाई इतिहासकै सबैभन्दा ठूलो टेलिस्कोप बताइएको छ ।

पृथ्वीको कक्षमा ३० मिनेटभन्दा थोरै समय उडेपछि वेब अन्तरिक्षतर्फ प्रस्थान गरेको थियो । सो टेलिस्कोप पृथ्वीबाट १५ लाख किलोमिटर टाढा पुग्नेछ । अन्तरिक्षमा पुग्ने क्रममा वेबले अहिलेको आफ्नो स्वरूप परिवर्तन गर्ने खगोलशास्त्रीहरुले बताएका छन् ।

चन्द्रमामा एपोलो अभियानअन्तर्गत अन्तरिक्षमा यान पठाउन सहयोग गर्ने वैज्ञानिक वेबको नाममा टेलिस्कोपको नाम दिइएको छ । यसअघि हबल टेलिस्कोप अन्तरिक्षमा पुगेको थियो ।

यो नयाँ टेलिस्कोप हबलभन्दा १०० गुणा शक्तिशाली हुने विज्ञहरुले बताएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका प्रशासक बिल नेल्सनले वेब एक असाधारण मिसन भएको बताएका छन् । ‘यो परियोजना जोखिम र टेलिस्कोपको उत्साहजनक सम्भावना रहेको परियोजनाका उपप्रमुख समेत रहेका वैज्ञानिक डा। एम्बर निकोल स्ट्रगनले बताइन् ।

टेलिस्कोपमा २१ फिट चार इन्च ब्यासको एउटा खुम्चिएको ऐना पनि जडान गरिएको छ । ऐनालाई अन्तरिक्षमा फैलिन मात्र दुई साता समय लाग्नेछ । परियोजनाका लागि दश अर्ब डलर खर्च लाग्ने बताइएको छ ।

वि.सं.२०७८ पुस ११ आइतवार १३:५० मा प्रकाशित

You can share this post!

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:११

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वीरगंज महानगरपालिका वडा नं. १०,...

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:५९

ललितपुर । महालक्ष्मिस्थान,स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर...

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:२३

मनहरी (मकवानपुर), २४ वैशाख : आजदेखि औपचारिकरूपमा बागमती प्रदेश सरकारले...

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:१०

काठमाडौं । विमानस्थल र विमानस्थलसँग जोडिएको हवाइ क्षेत्रमा कार्यरत श्रमिकहरुले...

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:५३

काठमाडौँ, २४ वैशाखः नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई...

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी   

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:४५

जानकी (बाँके), २४ वैशाखः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...